Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

हामीले हामी नेपाली भन्ने राष्ट्रियताको भावना जगाउनुपर्छः डाक्टर अन्जान शाक्य


काठमाडौं । राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्यले सामाजिक मूल्य, मान्यतासँगै सांस्कृृतिक सभ्यता, इतिहास र पूर्खाका गौरवलाई ध्यान दिनुपर्ने उल्लेख गर्नुभएको छ । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित भएपछि पहिलो पटक सम्वोधन गर्दै शाक्यले यस्तो उल्लेख गर्नुभएको हो । ‘यि कामहरुमा आफ्नो योगदान दिनका लागि म यस संसदमा आफ्नो प्रयास अगाडि बढाउने छु,’ उहाँले भन्नुभयो, ‘मैले यो गरिमामय जिम्मेवारी प्राप्त गर्नु अनि कुटनीतिक र व्यवस्थापनका क्षेत्रमा गरेका अनुभवहरुलाई समेत आत्मसाथ गर्दै सांसदको हैसियतले देश र जनताको पक्षमा बढीभन्दा बढी सकरात्मक ढंगले उपलब्धि हुने गरी आफूलाई समर्पित गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

उहाँले अहिले पनि निरपेक्ष गरीबीको रेखामुनी रहनेको संख्या ठूलो रहेको भन्दै भोकमरी र अभावको जिन्दगी वाँच्न विवश हुनु आजको विकास र सभ्यताको उपहास भएको उल्लेख गर्नुभयो । ‘त्यसैले हामीले गरिवी, भोकमरी जस्ता दुःखदायी दृष्टान्तलाई अन्त्य गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हाम्रा प्रयासहरु यस दिशामा केन्द्रित गर्नुपर्छ र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आंकाक्षालाई सम्बोधन गर्नुपर्छ ।’

शाक्यले देशको विकास गर्नका लागि ति जनआकाक्षां पूरा गर्न अझै बाँकी रहेको पनि उल्लेख गर्नुभयो । ‘जनआंकाक्षाहरु पूरा गर्नका लागि कोही पनि पछाडि पर्नु हुँदैन । संयुक्त राष्ट्रसंघले दिगो विकास लक्ष्यका मूल १७ वटा लक्ष्य र १६९ वटा सहायक लक्ष्यहरु निर्धारण गरेको छ,’ उहाँले भन्नुभयो, ‘यी लक्ष्यहरु हाँसिल गर्न हामीले कृषि क्षेत्र, त्यसको आधुनिकीकरण, व्यवसायीकरण, उद्योग–व्यापार, विज्ञान–प्रविधि, पर्यटन सेवाका क्षेत्रहरु र विकासका निम्ति पूर्वाधारको निर्माण आदिमा ध्यान दिनुपर्छ । यसका लागि राम्रो सीप, शिक्षा, व्यवसायिक तालिमहरु तथा उद्यमशीलताको विकास र त्यसमार्फत रोजगारीका अवसरहरुको सृजना र प्रविधिको विकास मार्फत उत्पादनको अभिवृद्धि जस्ता कामहरुमा ध्यान पु¥याउनुपर्छ ।’

उहाँले समाजका सबै क्षेत्रहरु, बालबालिका, महिला, एकल महिला, पछाडि परेका समुदायहरु, जेष्ठ नागरिकहरु, अपाङ्गता भएका व्यक्तिहरु समेत सबैको हेरचाह गर्नुपर्नेमा पनि जोड दिनुभयो । मानवअधिकारसँगै संविधानले व्यवस्था गरेका सबै मौलिक अधिकारहरु र तिनका प्रत्याभूति गरिनु पर्नेमा पनि जोड दिनुभयो । ‘सँगसँगै देशको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन गर्नुपर्दछ,’ उहाँले भन्नुभयो, ‘हामीले, हामी नेपाली भन्ने राष्ट्रियताको भावना जगाउनु पर्छ ।’

उहाँले नेपालमा पटक–पटक ठूला राजनीतिक परिवर्तनहरु भए पनि जनताको जीवनमा अपेक्षाकृत सकारात्मक परिवर्तन हुनेक्रम भने सुस्त गतिमा रहेको उल्लेख पनि गर्नुभयो । ‘आज हामीले सवभन्दा बढी गम्भीरतापूर्वक सोच्नु पर्ने विषय यहि हो,’ उहाँले भन्नुभयो, ‘हाम्रो संसद जनताको सर्वोच्चताको प्रतिनिधि संस्था हो । यो संस्था सार्वभौमसत्ता सम्पन्न जनताको सार्वभौमसत्ताको सही ढंगले प्रतिनिधित्व गर्र्दछ र प्रयोग गर्दछ, यस्तो गरिमामय संसदले हामीले प्राप्त गरेको लोकतान्त्रिक प्रणालीको रक्षा गर्दै, सम्रगमा देश र जनताको हितमा काम गर्दै सुशासन र समृद्धिको बाटोमा अगाडि बढ्नुपर्छ । जसले गर्दा हामीले जनताको अपेक्षालाई सम्वोधन गर्न सक्छौं ।’
उहाँले भ्रष्टाचारमा शून्य सहनशीलता, प्रशासनिक व्यवधानहरुलाई सहजीकरण, जनतालाई संविधान प्रदत्त हकहरुको उपभोग गर्ने परिस्थिति निर्माण गर्ने जस्ता कुरामा ध्यान जानुपर्नेमा पनि जोड दिनुभयो । ‘जनतालाई राज्यले उपलब्ध गराउनु पर्ने सेवा सुविधाहरु सहजताका साथ उपलब्ध गराउने, विकास निर्माणका सम्पूर्ण पक्षहरुलाई सन्तुलित ढंगले अगाडि बढाउने जस्ता कुराकामा सबै पक्षले ध्यान दिन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘यसका निम्ति असान्दर्भिक भइसकेका कानूनहरुको परिमार्जन र परिवर्तन, सही नीतिको निर्धारण, सही योजनाको तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयन मार्फत अगाडि बढ्नुपर्छ । अनि मात्र हामीले प्राप्त गरेका परिवर्तन र उपलब्धिहरुको अर्थ रहन्छ ।’


प्रकाशित मिति: २९ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?