Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

मैले देशको राजनीति छोड्दा सबै गर्ल्यागुर्लुम ढल्ने हो की जस्तो लाग्छः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले राजनीति गर्न छोड्दा गल्र्यामगुर्लम्मै हुन्छ जस्तो लाग्ने गरेको टिप्पणी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले साहित्यमा लाग्नबाट आफूलाई दिनदिनैको राजनीतिको चटारोले समय नमिलेको जिकिर गरेका छन् । उनले देशको राजनीतिको खाँबो आफैँले धानेको जस्तो लाग्ने गरेको बताउदै आफूले राजनीतिक खाँबो छोडिदिएपछि सबै भत्किहाल्छ की जस्तो हुने गरेको जिकिर गरेका छन् । नेपालको राजनीतिको जिम्मा आफ्नो काँधमै पूरै रहेको जस्तो महशुस हुने पनि जिकिर गरे ।

अध्यक्ष दाहालले भने, ‘साहित्यमा लाग्न यो दिनदिनैको राजनीतिको चटारोले मलाई समय नै निक्लिदैन । मलाई खेद छ, दुःख छ । मैले यो क्षेत्रमा समय दिन नपाएकोमा । देशको राजनीति अहिले पनि हुनतः म सरकारको नेतृत्वमा पनि छैन । प्रमुख प्रतिपक्ष दलको नेता छु । तर यस्तो लाग्छः देशको राजनीतिको खाँबो मैले छोडिदिएँ भने भत्किहाल्छ की जस्तो लाग्छ । गल्र्यामगुर्लुम्म ढलिहाल्छ की जस्तो लाग्छ । पूरै जिम्मा मेरै काँधमा भएको जस्तो । हुनतः कहिले कहीँ सोच्छु जीवन त यस्तो हुँदैन । मान्छे भएपछि निश्चित अवधिसम्म गर्ने हो त्यसपछि प्रकृतिको नियमअनुसार शाश्वत कुरा त मरिन्छ, गाडी अर्कोले लैजान्छ । जिम्मेवारीवोध भनेको यस्तो हुँदो रहेछ की अन्तिम अवस्था नहुन्जेलसम्म जिम्मेवारीले थिचिरहने ।’

अध्यक्ष दाहालले आफू साहित्यप्रति धेरै रुची राख्ने व्यक्ति भएको बताएका छन् ।


प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?