Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

मैले देशको राजनीति छोड्दा सबै गर्ल्यागुर्लुम ढल्ने हो की जस्तो लाग्छः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले राजनीति गर्न छोड्दा गल्र्यामगुर्लम्मै हुन्छ जस्तो लाग्ने गरेको टिप्पणी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले साहित्यमा लाग्नबाट आफूलाई दिनदिनैको राजनीतिको चटारोले समय नमिलेको जिकिर गरेका छन् । उनले देशको राजनीतिको खाँबो आफैँले धानेको जस्तो लाग्ने गरेको बताउदै आफूले राजनीतिक खाँबो छोडिदिएपछि सबै भत्किहाल्छ की जस्तो हुने गरेको जिकिर गरेका छन् । नेपालको राजनीतिको जिम्मा आफ्नो काँधमै पूरै रहेको जस्तो महशुस हुने पनि जिकिर गरे ।

अध्यक्ष दाहालले भने, ‘साहित्यमा लाग्न यो दिनदिनैको राजनीतिको चटारोले मलाई समय नै निक्लिदैन । मलाई खेद छ, दुःख छ । मैले यो क्षेत्रमा समय दिन नपाएकोमा । देशको राजनीति अहिले पनि हुनतः म सरकारको नेतृत्वमा पनि छैन । प्रमुख प्रतिपक्ष दलको नेता छु । तर यस्तो लाग्छः देशको राजनीतिको खाँबो मैले छोडिदिएँ भने भत्किहाल्छ की जस्तो लाग्छ । गल्र्यामगुर्लुम्म ढलिहाल्छ की जस्तो लाग्छ । पूरै जिम्मा मेरै काँधमा भएको जस्तो । हुनतः कहिले कहीँ सोच्छु जीवन त यस्तो हुँदैन । मान्छे भएपछि निश्चित अवधिसम्म गर्ने हो त्यसपछि प्रकृतिको नियमअनुसार शाश्वत कुरा त मरिन्छ, गाडी अर्कोले लैजान्छ । जिम्मेवारीवोध भनेको यस्तो हुँदो रहेछ की अन्तिम अवस्था नहुन्जेलसम्म जिम्मेवारीले थिचिरहने ।’

अध्यक्ष दाहालले आफू साहित्यप्रति धेरै रुची राख्ने व्यक्ति भएको बताएका छन् ।


प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?