Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा छः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा लागेको आरोप लगाएका छन् ।

नख्खु कारागारमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेसँग बुधवार साँझ भेट गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । सरकारले उपसभामुखमाथि झम्टिने काम गरेको आरोप लगाएका छन् । उनलै रविसँगको भेटमा भैरहवाको भन्दा राम्रो व्यवस्था रहेको बताउदै भैरहवामा गोलघरमा जस्तै राखिएको गुनासो गर्नुभएको बताएका छन् ।

अध्यक्ष दाहालले भने, ‘मेरो क्याबिनेटको दुई पटकको गृहमन्त्री हो रवि जी । भैरहवा पनि जान चाहेको थिएँ, नमिलेर हो । भैरुहवा बस्दाको अवस्था निकै जटिल थियो । भैरहवामा गोलघर जस्तै राखिएको भन्नुभयो । यहाँ आएपछि बसाई राम्रो भएको, खानपिन राम्रो भएको बताउनु भयो । यहाँको व्यवस्थापनको प्रशंसा गर्नुभयो । मेरै जस्तो केसमा अरुले उन्मुक्ति पाउने मलाई मात्रै लखेटियो भनेर कुरा राख्नुभयो । अदालतले नै तोकेको बिगो बैंक धरौटी राखेपछि म मुद्दा लड्छु भन्दा त्यत्ति सुविधा पनि पाइँन । सरकार र यो गठबन्धन मप्रति यति धेरै अनुदार, यति धेरु विभेद किन गरेको हो, बुझ्न सकेको छैन भन्नुभयो । उपसभामुखलाई झम्टिने काम यो गठबन्धनले गरेको छ । इन्दिरालाई देखाएर सबै संवैधानिक निकाय कब्जा गर्ने डिजाइनअन्तर्गत भएको हो ।’

अध्यक्ष दाहालले रविमाथि काँग्रेस र एमालेले गरेको व्यवहारबाट देशभर रास्वपालाई फाइदा भएको कुरा बुझ्नुभएको बताएका छन्।


प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?