Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा छः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा लागेको आरोप लगाएका छन् ।

नख्खु कारागारमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेसँग बुधवार साँझ भेट गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । सरकारले उपसभामुखमाथि झम्टिने काम गरेको आरोप लगाएका छन् । उनलै रविसँगको भेटमा भैरहवाको भन्दा राम्रो व्यवस्था रहेको बताउदै भैरहवामा गोलघरमा जस्तै राखिएको गुनासो गर्नुभएको बताएका छन् ।

अध्यक्ष दाहालले भने, ‘मेरो क्याबिनेटको दुई पटकको गृहमन्त्री हो रवि जी । भैरहवा पनि जान चाहेको थिएँ, नमिलेर हो । भैरुहवा बस्दाको अवस्था निकै जटिल थियो । भैरहवामा गोलघर जस्तै राखिएको भन्नुभयो । यहाँ आएपछि बसाई राम्रो भएको, खानपिन राम्रो भएको बताउनु भयो । यहाँको व्यवस्थापनको प्रशंसा गर्नुभयो । मेरै जस्तो केसमा अरुले उन्मुक्ति पाउने मलाई मात्रै लखेटियो भनेर कुरा राख्नुभयो । अदालतले नै तोकेको बिगो बैंक धरौटी राखेपछि म मुद्दा लड्छु भन्दा त्यत्ति सुविधा पनि पाइँन । सरकार र यो गठबन्धन मप्रति यति धेरै अनुदार, यति धेरु विभेद किन गरेको हो, बुझ्न सकेको छैन भन्नुभयो । उपसभामुखलाई झम्टिने काम यो गठबन्धनले गरेको छ । इन्दिरालाई देखाएर सबै संवैधानिक निकाय कब्जा गर्ने डिजाइनअन्तर्गत भएको हो ।’

अध्यक्ष दाहालले रविमाथि काँग्रेस र एमालेले गरेको व्यवहारबाट देशभर रास्वपालाई फाइदा भएको कुरा बुझ्नुभएको बताएका छन्।


प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?