Trending
>>   शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न अध्यक्ष लिङदेनको चेतावनी >>   २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका व्यक्ति पक्राउ >>   राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ >>   जलवायु परिवर्तनका असर न्युनिकरणका लागि नेतृत्व लिन तयार छुः सभापति देउवा >>   पेट्रोलियम पदार्थको प्रयोग घटाऔँ, विद्युतको प्रयोग बढाऔँः सभापति देउवा >>   सरकारलाई देउवाको सुझावः मनसुन शुरु हुन लाग्यो, पूर्वतयारीमा ध्यान दिनुस् >>   सहजताको नाममा प्लाष्टिकको प्रयोग नगरौँः सभापति देउवा >>   प्रत्येक वर्ष बढ्दैछ रक्षाको बजेटः हतियार खरिददेखि सेनाको तलब भत्तामा ठूलो खर्च >>   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सबै रोगको परीक्षण हुने वातावरण बनाउँदै छौँः स्वास्थ्यमन्त्री पौडेल >>   ‘राइड सेयरिङ’ सञ्चालन गर्ने गण्डकी सरकारको नियमावलीविरुद्ध यातायात व्यवसायी सडकमा
Logo
१८ जेष्ठ २०८२, आईतवार
१८ जेष्ठ २०८२, आईतवार

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन: ब्रान्ड म्यानेजर राउत


काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले रुचाएका छन् । कम्पनीका स्टिलहरू प्रति एक्स्पोमा सहभागीहरूको विशेष चासो देख्न सकिन्छ । हाइड्रो एक्स्पोमा कम्पनीले विशेष गरी जलविद्युत परियोजना निर्माणका क्रममा आवश्यक पर्ने स्टिलहरूलाई प्रदर्शन गरेको थियो । नेपालमा जलविद्युतलाई दीर्घकालसम्म विकास गर्न सबैभन्दा राम्रो स्टिल प्रयोग गर्नुपर्ने भएकाले प्रिमियर स्टिलको प्रयोग गर्न सुझाव दिइएको स्टलमा रहेका कम्पनीका प्रतिनिधिहरू बताउँछन् ।

जलविद्युतको विकासले नेपालको आर्थिक विकासमा फड्को मार्ने भएकाले त्यसका लागि गुणस्तरीय र भरपर्दो स्टिल प्रयोग गर्नुपर्ने उनीहरूको भनाइ छ । प्रिमियर स्टिल एनएस सर्टिफाईड कम्पनी हो । यसले ८ एमएमदेखि ३६ एमएमसम्मका स्टिलहरू बनाउने गरेको छ । जुन नेपालमै पहिलो भएको कम्पनीको दावी छ ।स्थापना २०७५ मा स्थापना भएको यस स्टिल उद्योगले घर, आवास, पुल, हाइड्रो लगायतका सबै क्षेत्रमा रड वा स्टिल हुने भएकाले प्रदर्शनीमा सहभागी भएको कम्पनीका प्रतिनिधिहरू बताउँछन् ।

प्रिमियर स्टिल नै किन ?

३६ एमएम समूह (क्याटोगरी)मा नेपाल गुणस्तर चिह्न प्रमाणपत्र प्राप्त गर्न सफल प्रिमियर स्टिल पहिलो नेपाली कम्पनी हो प्रिमियर स्टिल कम्पनी । ३६ एमएमको छड ठूला परियोजना हाइड्रोपावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरेको ब्रान्ड म्यानेजर सजल राउतले अर्थ कागजलाई बताए ।

यसअघि, ३६ एमएमको छड छिमेकी मुलुक भारत वा अरु देशहरुबाट आयात गर्ने गरिएको र नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै विदेशबाट आयात गर्नुपर्ने अवस्था तोडिएको ब्रान्ड म्यानेजर राउतले सुनाए ।

कम्पनीका अनुसार प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन । त्यसमा पनि एनएस स्ट्याण्डर्डको मान्यता पाउने भएकाले कम्पनीका उत्पादनहरू उत्तम विकल्प भएको सन्देश एक्स्पोमा दिइएको छ । ३६ एमएमको स्टिलमा एनएस सर्टिफाइड पाउने यो कम्पनी नेपालकै पहिलो कम्पनी हो । जसकारण पनि स्टिलमा यस कम्पनीको छुट्टै महत्व रहेको ब्रान्ड म्यानेजर राउत बताउँछन् ।
अर्थतन्त्र सुस्ताउँदा पनि समग्र बजारको करिब १० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको कम्पनीले जानकारी दिएको छ ।

पूर्ण रुपमा कम्प्युटर कन्ट्रोल्ड मेसिनहरुको प्रयोग गरी उत्पादन गरिने भएको हुँदा प्रिमियर स्टिलका उत्पादनहरु सधैँ उस्तै घनत्व एवं उच्चस्तरीय सर्फेसको साथ बारको डायमिटर सधैँ एकनासको प्राप्त गर्न सकिने बताइएको छ ।


प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?