Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

जनता सचेत हुनेबेला आयो : नैनसिंह महर


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले असंवैधानिकतवर‌ले संसद‌्को विघठन लगायत अनेकौं काण्ड र महाकाण्ड गरे जस्तै अहिलेको कम्युनिस्ट गठब‌न्धन नेतृत्वको सरकार पनि महाकाण्ड गर्नतर्फ उन्मुख रहेको बताएका छन्।

नेपाल मुस्लिम संघ लम्बिनी प्रदेशको बुटवलमामा आयोजित प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महरले कानुनी राज्यमा कुनै पनि सरकार कानून अनुसार चल्नुपर्नेमा वर्तमान सरकारले कानुनी शासनको खिल्ली उडाइरहेको बताए।

‘वर्तमान गठबन्धनको सरकारले सहकारी ठगहरूलगायत विभिन्न गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई संरक्षण गर्न थालेको छ,’ उनले भने, ‘गठबन्धन सरकारमा संलग्न पार्टीका सदस्यले मात्रै न्याय पाउने र बाँकी जनता नागरिक होइनन् भन्ने मानसिकताबाट सरकार ग्रसित भएको देखिन्छ।’

नेता महरले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सबै सरकारी निकायमा आफ्नो पहुँच र हस्तक्षेप बढाएजसरी वर्तमान गठबन्धन सरकार पनि त्यस्तै बाटोमा अग्रसर भएको जिकिर गरे। उनले कांग्रेसले जनताको साथ लिँदै सरकारी अड्डा अदालतलाई वर्तमान गठबन्धनको अवैधानिक अस्तक्षेपबाट जोगाउन लाग्नुपर्ने धारणा राखे।

कांग्रेसकै नेतृत्वमा मुलुकमा पटक-पटक सकरात्मक परिवर्तन भएको र कांग्रेसकै नेतृत्वमा संविधान बनेको स्मरण गर्दै नेता महरले त्यसलाई समावेशी बनाउने तागत पनि कांग्रेसले नै देखाएको प्रस्ट पारे। नेपाली कांग्रेस नै यो देशको समावेशीता सहितको नेपाल निर्माण गर्ने पहिचानवादी पार्टी भएको उनको दाबी छ।

‘हामीले माने नमाने पनि विश्व राजनीतिले पहिचानको राजनीति छोड्न सक्ने अवस्था छैन। पहिचान मानव जीवनको अभिन्न अंग भइसक्यो। कसैले जातियतामा पहिचान खोज्छन्, कसैले लुगामा पहिचान खोज्छन्, कसैले संस्कृतिमा पहिचान खोज्छन्, कसैले भूगोलमा पहिचान खोज्छन्। अहिलेका मानिस नै पहिचानले बाँचेका जस्ता देखिन्छन्,’ उनले भने। मानिसले आफूसँग मेलखाने कुरालाई खोज्ने भएकाले पहिचानको राजनीति नकार्न नसक्ने महरले बताए।

देशका विभिन्न क्षेत्रका जनजातिदेखि विभिन्न धर्म र समूदायका मान्छेलाई सँगसँगै लगेर अगाडि बढ्ने एकमात्र पार्टी कांग्रस भएको उनको भनाइ छ।

यसका साथै नेपालको परिवर्तनमा मुस्लिम समूदायको ठूलो भूमिका रहेको स्मरण गरे। नेपालको प्रजातान्त्रिक आन्दोलन हुँदै गणतान्त्रिक आन्दोलनसम्म मुस्लिम समूदायको ठूलो भूमिका रहेको उनको भनाइ छ।


प्रकाशित मिति: २७ बैशाख २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?