Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

निराशामा रहेकालाई तालिमले आशा दिलायाेः हमाल


काठमाडौँ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले आज काठमाडौँको टुँडिखेलमा सञ्चालन भइरहेको ‘सिप मेला २०८१’ को अवलोकन गर्नुभएको छ । मेलाअन्तर्गत सञ्चालन भइरहेको विभिन्न विधाका विभिन्न पेशासँग सम्बन्धित तालिम सञ्चालन, व्यवस्थापन, तालिममा सिकाइने विषय, यसका अपेक्षित उपलब्धिका विषयमा जानकारी लिनुभयो । उहाँलाई अवलोकनका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का स्वकीय सचिव भूपदेव शाहले सहजीकरण गर्नुभएको थियो ।

मेला काठमाडौँ महानगरपालिकाले गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत सञ्चालन गरिरहेको छ । २०८१ सालको शुभारम्भमा २०८१ जनालाई सिपमूलक तालिम दिएर रोजगार, स्वरोजगार वा अन द जब टे«निङ्सँग जोड्ने लक्ष्यसहित कार्यक्रम सुरु भएको हो ।अवलोकनपछिको प्रतिक्रियामा उहाँले भन्नुभयो, ‘यो ठूलो कार्यक्रम हो । यसले निराश युवाहरुलाई आशा दिलाएको छ । तालिम पाएका जनशक्तिलाई रोजगार वा स्वरोजगार बनाउने योजना सबैभन्दा महत्वपूर्ण छ ।’

अहिलेको परिस्थितिको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘शैक्षिक डिग्री कि रोजगार भनेर आम मानिसलाई सोध्दा रोजगार भन्नु पर्ने अवस्था छ । यसो भन्नुको अर्थ शैक्षिक प्रमाण पत्र भएर मात्र पनि रोजगारी पाउन गाह्रो छ भन्ने हो । यस्तो परिस्थितिमा महानगरपालिकाले चलाएको तालिमले निराश भएका युवालाई आशाको सञ्चार गरेको छ । रोजगारी नै पाउने भएपछि तालिमबाट सिकेको सिप शतप्रतिशत आयमा रुपान्तरण हुने भयो ।’ उहाँले मेलाबाट आफू प्रोत्साहित भएको बताउँदै, आफ्नो नगरको रोजगार संयोजकलाई काठमाडौँ आएर ७ दिन सिप मेलामा बस्न र तालिम सञ्चालन सिप सिक्न बोलाउनुभयो । उहाँले सिप सिकेपछि धनगढीमा यस्तै मेला आयोजना गर्ने हमालको भनाइ छ ।

प्रमुख हमाललाई मेला र यसभित्रका क्रियाकलापका बारेमा जानकारी दिँदै, बेरोजगारलाई तालिम दिने, रोजगारदातासँगको समन्वयमा रोजगार उपलब्ध गराउने मेलाको मुख्य ध्येय रहेको बताउनुभयो । श्रम बजारको आवश्यकता पहिचान गरेर बजार र वेरोजगारका अन्तरसम्बन्धित आवश्यकताको बिचमा भएको खाडललाई पुर्ने काम भएको, उहाँको भनाइ थियो ।

रोजगार संयोजक देवेन्द्र के. सी. का अनुसार काठमाडौँको सिकाइ धनगढीमा विस्तार गर्ने विषयमा प्रमुख हमालले चासो दिनुभएको छ । मेलाअन्तर्गत १० वटा विधामा ३० वटा पेशासँग सम्बन्धित तालिम सञ्चालन भइरहेका छन् । तालिमका कक्षाहरु हरेक दिन विहान ८ बजे सुरु हुन्छन् । तालिमका फास्टफुड एण्ड कुकिङ् र वेकरीका कक्षाहरु ४/४ घण्टा हुन्छन् । अरु कक्षाहरु ३/३ घण्टा हुन्छन् ।यसरी दोस्रो कक्षा ११ बजे र तेस्रो कक्षा २ बजे सुरु हुन्छ ।


प्रकाशित मिति: २७ बैशाख २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?