Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारीमा डा. भुसाल


काठमाडौँ। सहसचिव डाक्टर भीष्मकुमार भुसालले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेका छन् ।

प्राधिकरणका कार्यकारी प्रमुख छनौट प्रक्रिया जारी रहेकै समयमा भुसाललाई प्रमुखको जिम्मेवारी दिईएको हो । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन (दोश्रो संशोधन) नियमावली २०८१ को प्रावधानअनुसार प्राधिकरणमा कार्यरत वरिष्ठतम सहसचिव भुसाललाई गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी प्रमुख कार्यकारीको जिम्मेवारी दिएको हो । भुसालले सोमवरदेखि नै कार्यकारी प्रमुखको कार्यभार सम्हालेका छन् । तात्कालिन प्रमुख कार्यकारी प्रमुख अनिल पोखरेलको कार्याकाल समाप्त पछि झन्डै १ महिनादेखि सो पद रिक्त थियो ।

पोखरेलको कार्यकाल समाप्त भएर पद रिक्त रहेको समयमा भुसालकै नेतृत्वमा प्राधिकरणको कार्यकारी समितिको बैठक पनि बसेको थियो । भुसालकै सक्रियतामा लामो समयदेखि अड्किएको भूकम्प र मनसुन पछिको पुनर्निर्माण योजना स्वीकृत भएको छ । त्यसैगरी जाजरकोट भूकम्पको १ वर्षपछि डिडिए गर्ने निर्णय भएको छ भनो डोटी भूकम्पको पुनर्निर्माण प्रक्रिया पनि यसै बीचमा शुरु भएको छ । रोकिएका कामहरु दुत गतिमा अघि बढाईरहेका डाक्टर भुसाललाई नै प्रमुख कार्यकारीको जिम्मेवारी दिएकाले आगामी दिनमा विपद् व्यवस्थापन कार्यमा पनि प्रभावकारी काम हुने विश्वास गरिएको छ ।

संघ तथा प्रदेशका विभिन्न मन्त्रालयमा बसेर काम गरिसकेका डाक्टर भुसालले गृह मन्त्रालयमा रहँदा गृह प्रशासन सुधार योजना, २०७८ ल्याउने तथा मिटर ब्याजी विरुद्धको कारवाहीको प्रथम प्रतिवेदन कानूनको मस्यौदा बनाउने काममा प्रमुख भुमिका निर्वाह गरेका थिए ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको प्रमुख रहेको समयमा कार्यालय प्रमुखलाई नै पक्राउ गरेर सुशासन कायम गराउने सवालमा उल्लेखनिय काम गरेका थिए । स्टिङ अपरेसनमा उदाहरणीय काम गरेको भएपनि उनलाई ९ महिनामा नै सरुवा गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख रहेको समयमा भुसालले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख लगायतलाई पक्राउ गरेका थिए । वैदेशिक रोजगार विभागका महानिर्देशकको रुपमा काम गरिसकेका छन् । स्पेनबाट अर्थशान्त्रमा विद्यावारिधी गरेका डाक्टर भुसालले अर्थव्यवस्था, शुसासन, वातवरण तथा विपद् व्यवस्थापन लगायतमा विशिष्ठ तहको तालिम पनि लिएका छन् ।

कर्मचारी प्रशासनमा कडा स्वभावका व्यक्तिको रुपमा पहिचान बनाएका भुसालले प्राधिकरणका प्रमुख कार्यकारी पद रिक्त रहेकै समयमा विपद् व्यवस्थापन सम्बन्धमा महत्वपूर्ण निर्णयहरु गराउन सफल भएका पनि छन् ।


प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?