Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

सुडानको ओमदुरमन शहरमा पिउने पानीको संकट


एजेन्सी। सुडानको राजधानी खार्तुमको उत्तरमा रहेको ओमदुरमन शहरले उत्तरी राज्यको मेरोवे बाँधमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) को आक्रमणका कारण विगत पाँच दिनदेखि पिउने पानीको ठूलो संकटको सामना गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बिजुली आपूर्तिमा पूर्ण अवरोधका कारण, नाइल स्टेशनहरू र इनारहरूबाट पानी तान्न नसक्दा पानीको संकट उत्पन्न भएको छ । खार्तुम राज्य सरकारले नाइल नदीमा रहेको जलविद्युत बाँध मेरोवे बाँधमा आरएसएफको ड्रोन आक्रमण भएका कारण बिजुली अभाव भएको बताएको छ । पिउने पानीको संकटलाई सम्बोधन गर्न केही तत्काल समाधानहरू कार्यान्वयन गर्न गहन प्रयास गरिरहेको सरकारले बताएको छ ।

खार्तुमबाट लगभग ३५० किलोमिटर उत्तरमा अवस्थित मेरोवे बाँध अफ्रिकाको सबैभन्दा ठूलो जलविद्युत परियोजनाहरू मध्ये एक हो । अन्तर्राष्ट्रिय संस्थाहरूको पछिल्लो अनुमानअनुसार सुडान सन् २०२३ को मध्य अप्रिलदेखि सुडानी सशस्त्र बल र आरएसएफ बीचको विनाशकारी द्वन्द्वले ग्रसित छ ।

जसले कम्तिमा २९ हजार ६८३ जनाको ज्यान लिएको छ । सुडान भित्र वा बाहिर लगभग १ करोड ५० लाख मानिसहरूलाई विस्थापित गरेको छ ।


प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?