Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

सुडानको ओमदुरमन शहरमा पिउने पानीको संकट


एजेन्सी। सुडानको राजधानी खार्तुमको उत्तरमा रहेको ओमदुरमन शहरले उत्तरी राज्यको मेरोवे बाँधमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) को आक्रमणका कारण विगत पाँच दिनदेखि पिउने पानीको ठूलो संकटको सामना गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

बिजुली आपूर्तिमा पूर्ण अवरोधका कारण, नाइल स्टेशनहरू र इनारहरूबाट पानी तान्न नसक्दा पानीको संकट उत्पन्न भएको छ । खार्तुम राज्य सरकारले नाइल नदीमा रहेको जलविद्युत बाँध मेरोवे बाँधमा आरएसएफको ड्रोन आक्रमण भएका कारण बिजुली अभाव भएको बताएको छ । पिउने पानीको संकटलाई सम्बोधन गर्न केही तत्काल समाधानहरू कार्यान्वयन गर्न गहन प्रयास गरिरहेको सरकारले बताएको छ ।

खार्तुमबाट लगभग ३५० किलोमिटर उत्तरमा अवस्थित मेरोवे बाँध अफ्रिकाको सबैभन्दा ठूलो जलविद्युत परियोजनाहरू मध्ये एक हो । अन्तर्राष्ट्रिय संस्थाहरूको पछिल्लो अनुमानअनुसार सुडान सन् २०२३ को मध्य अप्रिलदेखि सुडानी सशस्त्र बल र आरएसएफ बीचको विनाशकारी द्वन्द्वले ग्रसित छ ।

जसले कम्तिमा २९ हजार ६८३ जनाको ज्यान लिएको छ । सुडान भित्र वा बाहिर लगभग १ करोड ५० लाख मानिसहरूलाई विस्थापित गरेको छ ।


प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?