Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

पदक जित्ने लक्ष्यअनुरूप गएका थियौं– विश्व उपविजेता नेपाली खो खो टोलीका कप्तान हेमराज


काठमाडौँ। खो खो विश्वकप उपविजेता नेपाली पुरुष टोलीका कप्तान हेमराज पनेरुले पदक ल्याउने लक्ष्यअनुरूप मेहनत गरेर खेल्दा सफलता प्राप्त भएको बताएका छन् ।

भारतको नयाँ दिल्लीमा भएको खो खो विश्वकपमा उपविजेता बनेको नेपाली महिला र पुरुष टोली सोमबार स्वदेश फर्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा नेपाली पुरुष टोलीका कप्तान हेमराजले विश्वकपमा पदक जित्दै देशको गौरव बढाउन पाउँदा निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन् । साथै उनले विदाई हुने क्रममा खेलकुद निकायसँग पदक ल्याउन गरेको अठोटअनुरूप मैदानमा खेल्दा सफलता मिलेको बताए ।

संघले गरेको लगानीलाई जसरी पनि पदक ल्याउने खेलाडीको लक्ष्य बन्ने गरेको उनको भनाइ छ । उनले यसअघि नै नेपालले १३ औं साग र एशिया च्याम्पियनसिपमा पनि पदक ल्याइसकेको उल्लेख गरेका छन् ।

उक्त विश्वकपमा नेपालको महिला टोली पनि फाइनलमा भारतसँग पराजित हुँदा उपविजेता सिमित भएको हो । यद्यपि, यो सफलता नेपाली खेलकुदका लागि उच्च र ऐतिहासिक रह्यो । नेपाली महिला खो खो टोलीकी कप्तान सरस्वती कठायतले मैदानमा खेलाडीले एकभएर खेल्दै पदक जित्दा गौरव महशुस भएको उल्लेख गरिन् । प्रशिक्षक र टिम व्यवस्थापकले यो सफलताका लागि धेरै मिहिनत गरेको उनले बताइन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले तयारीका क्रममा खो खो संघले पेश गरेको खर्च परिषद्ले स्विकृत गरेको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे । बाँकी आवश्यक खर्च पनि परिषद्ले बेहोर्न उनको भनाइ छ । साथै उनले खेलकुद परिषद्ले छात्रवृत्ति दिएर रणनीतिक रूपमा तयार गरेको निश्चित खेलमध्ये खो खो पनि रहेको बताएका छन् । अहिले रूपन्दही खो खो खेलको तयारी गरिरहेको र केही खेलाडी राष्ट्रिय टोलीमा अहिले आएको हुनसक्ने बताए ।

उनले पदक जितेपछि खेलाडीले पाउने पुरस्कार खेलकुद विकास नियमावली २०७९ अनुरूप चाडै पाउने बताए । तर त्यसका लागि संघले १५ दिनभित्र नै आवश्यक कागजात पत्र पेश गरे पुरस्कार छिट्टै पाउने उनको भनाइ छ । नेपालमा खो खो खेलको इतिहास धेरै लामो नभए पनि देशलाई विश्वकपमा सफलता दिलाउनुले विशेष बनेको भएको बताए । भारतमा खो खो खेलको इतिहास लामो रहेको र त्यहीअनुरूप उनीहरूको प्रदर्शन रहेको उल्लेख गर्दै नेपाली टोलीले पनि उत्कृष्ट चुनौती दिएको बताए । अब यो सफलता जोगाउने चुनौती पनि हुनसक्ने उनको भनाइ छ ।

नेपाली टोलीका प्रशिक्षक कयामोदिन मन्सुरले करिव एक महिनाको बन्द प्रशिक्षण र तयारीले यो सफलता प्राप्त भएको बताए । साथै उनले खो खो खेलका लागि आवश्यक प्रशिक्षक कमी रहेको उल्लेख गरे । प्रशिक्षक अभावले अभैm राम्रो खेलाडी उत्पादनमा गर्न नसकिएको उनको भनाइ छ ।

नेपाली टोलीका प्रशिक्षका अर्का प्रशिक्षक विकीराज महर्जनले अझै नेपाली खेलाडीले धेरै प्रतियोगिता र तयारी गर्न पाएको भए धेरै राम्रो नतिजा ल्याउनसक्ने उल्लेख गरे । उनले खेलाडीलाई धेरैभन्दा धेरै एक्सपोजर आवश्यक रहेको बताएका छन् ।

पहिलोपल्ट सुरु भएको खो खो विश्वकपमा महिलामा १९ राष्ट्र र पुरुषमा २० राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । नेपालको महिला टोलीले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो । तर, आइतबार भएको उपाधि भिडन्तमा भारतसँग ७८–४० ले पराजित हुन पुग्यो । पुरुष टोली पनि भारतसँगै ५४–३६ ले पराजित भएको थियो । उक्त टोली सोमवार नेपाल फर्किएको हो ।

नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरि लम्साल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव घिसिङ, राखेपका बोर्डहरू सदस्य अञ्जना श्रेष्ठ मास्के, विना श्रेष्ठ, दीपेन्द्र बिष्ट र भानबहादुर चन्दलगायतले स्वागत गरेका थिए । राखेपले नेपाली टोलीलाई बाजागाजासहित स्वागत गरेको थियो ।


प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?