Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

भूराजनीतिलाई अपजस लगाउनु आफ्नो कायरतालाई लुकाउने काम मात्रै होः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर सत्तामा जाने काममा एमाले नलाग्ने बताएका छन् ।

सोमवार काठमाडौंमा नेकपा (एमाले) परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालमा परराष्ट्र नीतिबारे संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले आफ्नो भूअवस्थालाई नबिर्सिएको र भूराजनीतिका नाममा सत्ता स्वार्थमा जाने, सत्ता प्राप्ति वा सत्तामा रहनका लागि जेसुकै पनि निर्णय गर्ने काम एमालेले नगर्ने बताएका छन् । उनले राष्ट्रिय हितलाई तिलाञ्जली दिन तयार हुने जस्ता स्तरहिन, अनैतिक कामहरु एमालेले नगर्ने बताउदै उनले भूराजनीतिलाई अपजस लगाउनु भनेको आफ्नो कायरतालाई लुकाउने काम मात्रै भएको बताए । उनले राष्ट्रिय हितमा अडान लिन सक्नुपर्ने र भूराजनीति भनेको सावधानी, सन्तुलित र दृढताका साथ राष्ट्रिय हितको रक्षा गर्न चनाखो हुनु रहेको बताएका छन् ।

उनले भने, ‘हामीले हाम्रो भूवअस्थालाई बिर्सिएका छैनौँ तर भूराजनीतिका नाममा सत्ता स्वार्थमा जाने, सत्ता प्राप्ति वा सत्तामा रहनका लागि जेसुकै पनि निर्णय गर्ने, राष्ट्रिय हितलाई तिलाञ्जली दिन तयार हुने जस्ता स्तरहिन, अनैतिक कामहरु हामी गर्दैनौँ । त्यो कुरामा हामी अडिग रहन्छौँ । यो नेपालको राष्ट्रिय नीति हो । कोही त्यसबाट बाहिर गएर काम गर्छ भने उसले राष्ट्रिय नीतिमा नचलेको मात्रै हो, राष्ट्रिय नीति उसले गरिरहेको क्रियाकलाप वा अपनाएको नीति राष्ट्रिय नीति होइन । भूराजनीतिको कुरा गरिरहँदा राष्ट्रिय हितमा अडान नलिने अनि भूराजनीति भनेर भूराजनीतिलाई अपजस लगाएर आफ्नो कायरतालाई लुकाउले भूराजनीति होइन । भूराजनीति भनेको सावधानी, सन्तुलित र दृढताका साथ राष्ट्रिय हितको रक्षा गर्न चनाखो हुनु हो । भूराजनीति भनेको राष्ट्रिय हितको रक्षा गर्नु हो । भूराजनीतिको अवस्थाअनुसार परिस्थितिअनुसार आफ्ना राष्ट्रिय हितहरुको रक्षा गर्नु भूराजनीति हो ।’

प्रधानमन्त्री ओलीले नेपालले आफ्ना छिमेकी मित्र राष्ट्रहरुसँग खुलस्त मित्रतापूर्ण ढंगले आफ्ना तर्क राख्नुपर्ने बताउदै नेपाल असंलग्न परराष्ट्रनीतिमा अडिग रहेको बताएका छन् ।


प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?