Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

‘चटकेहरू’ साइड लागेका छन्, ०८४ सम्म ठाउँमा आउँछन् : रामहरि खतिवडा


काठमाडाैं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले इलाममा आफ्नो पार्टी कमजोर नरहेको बताएका छन्। मंगलबार समितिको बैठकपछि पत्रकारले सोधेको प्रश्नमा प्रतिक्रिया दिँदै खतिवडाले निर्वाचनको परिणामले ‘चटकेहरू’लाई ठेगानमा ल्याइदिएको टिप्पणी गरे।

कांग्रेस र एमाले मात्रै मेनस्ट्रिमका दुई पार्टी रहेकाे दाबी गर्दै उनले भने, ‘अहिलेका धेरै क्रान्तिकारीहरूलाई पनि ठेगानमा ल्याइदिएको छ। नेपालमा राजनीति गरेका दुईवटा पार्टीहरू, नेपाली कांग्रेस र नेकपा एमाले नै मेनस्ट्रिमका पार्टी हुन् भन्ने प्रमाणित गरेको छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीको नाम नलिई खतिवडाले ०८४ सालको निर्वाचनसम्म उक्त पार्टी पाखा लाग्ने दाबी गरे। उनले भने, ‘नेपालको राजनीतिमा अहिले एउटा भाष्य निर्माण भएको छ– दुईवटा पार्टी स्थापित भएका छन्। चटकेहरू बिस्तारै साइडमा आएका छन्। ८४ सम्म चटकेहरू ठीक हुन्छन्।’


प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?