Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

‘चटकेहरू’ साइड लागेका छन्, ०८४ सम्म ठाउँमा आउँछन् : रामहरि खतिवडा


काठमाडाैं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले इलाममा आफ्नो पार्टी कमजोर नरहेको बताएका छन्। मंगलबार समितिको बैठकपछि पत्रकारले सोधेको प्रश्नमा प्रतिक्रिया दिँदै खतिवडाले निर्वाचनको परिणामले ‘चटकेहरू’लाई ठेगानमा ल्याइदिएको टिप्पणी गरे।

कांग्रेस र एमाले मात्रै मेनस्ट्रिमका दुई पार्टी रहेकाे दाबी गर्दै उनले भने, ‘अहिलेका धेरै क्रान्तिकारीहरूलाई पनि ठेगानमा ल्याइदिएको छ। नेपालमा राजनीति गरेका दुईवटा पार्टीहरू, नेपाली कांग्रेस र नेकपा एमाले नै मेनस्ट्रिमका पार्टी हुन् भन्ने प्रमाणित गरेको छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीको नाम नलिई खतिवडाले ०८४ सालको निर्वाचनसम्म उक्त पार्टी पाखा लाग्ने दाबी गरे। उनले भने, ‘नेपालको राजनीतिमा अहिले एउटा भाष्य निर्माण भएको छ– दुईवटा पार्टी स्थापित भएका छन्। चटकेहरू बिस्तारै साइडमा आएका छन्। ८४ सम्म चटकेहरू ठीक हुन्छन्।’


प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?