काठमाडौं। नेपाली कांग्रेसका सांसद एनपी साउदले पुनः नापी गरेर कञ्चनपुरको आरक्षविस्थापितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।प्रतिनिसभाको पाँचौ अधिवेशनको शुक्रबार बसेको तेस्रो बैठकको शून्य समयमा सांसद साउदले सरकारद्वारा गठित समितिको सुझावअनुसार पुनः नापी गरेर आरक्षविस्थापितको समस्या समाधान गर्न माग गरेका हुन् । समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको
राजेन्द्र लिङ्देन संसदको हिउँदे अधिवेशन शुक्रवार (आज) बाट शुरु हुँदैछ । अधिवशेन शुरु हुँदै गर्दा विपक्षी दलहरु एक भएर सरकारको बिरोधमा उत्रिने बताइसकेका छन् । साथै सरकार पक्षका दलहरु आफ्नो नेतृत्वको सरकारको बचाउमा लाग्ने रणनीतिअनुसार अघि बढिरहेका छन् । विपक्षी दलहरुले सरकारले हालै ल्याएको अध्यादेशलाई लिएर सदनबाट नभए सडक संघर्ष
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई एमालेसँगको पक्षधरता त्याग्न नसकेको आरोप निरन्तर लागिरहेको छ । नेकपा एमालेबाट निर्वाचित सांसद हुँदै सभामुख बन्नुभएका घिमिरे एमालेको कार्यकर्ता नै हुनुहुन्छ, सभामुख बन्न सक्नुभएको छैन भनिरहेका छन् । गएको जेठ ३ गते नेपाली काँग्रेसले एक पत्रकार सम्मेलनमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई एमालेको ईसारामा संसद
काठमाडौँ। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताएका छन् । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी नेकपा (एमाले) मा फर्किन लागेको चर्चाबीच बुधवार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भुमिकामा फर्किने कुरा उचित
काठमाडौँ। पूर्वाधारविद् अरुणकुमार सुवेदीले राष्ट्रिय निकुञ्ज लगायतका संरक्षित क्षेत्रमा पूर्वाधार विकासका संरचना निर्माण गर्न नपाइने सर्वोच्च अदालतबाट आएको आदेश संसदको क्षेत्राधिकार माथि अतिक्रमण भएको टिप्पणी गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन लगायत संरक्षित क्षेत्रमा विकास निर्माणका आयोजना सञ्चालन गर्न सकिने गरी भएको कानून संशोधनलाई सर्वोच्च अदालतले खारेज
काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अलोकतान्त्रिक र निरङ्कुश शैलीमा अध्यादेश ल्याएको बताउँदै विपक्षी दलहरुले सामुहिक विरोध गर्ने बताउनुभएको छ ।मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले संसदमा रहेको विधेयक फिर्ता समेत नलिई
काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले बैठकले संसद सञ्चालनको मिति हेरफेर गरिएको बताए। उनले अहिलेको सरकारले संसदलाई बिजनेस दिने र संसदबाट कानून निर्माण गर्नेकुरामा तिब्रता दिने बताए। संसदलाई प्रभावकारी बनाउने
काठमाडौँ। सत्तारुढ दलहरुको बैठकले संसदको हिउँदे अधिवेशनलाई बढी भन्दा बढी कानून निर्माण गर्ने अधिवेशनका रुपमा अघि बढाउने निर्णय गरेको छ । सोमवार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले १८ गतेबाट सञ्चालन हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकरुपमा एउटै आवाज उठाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख
काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको आरोप लगाउदै व्यवस्थामाथि नै खतरा आउने चिन्ता लागेको बताएका छन् । बिहीवार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारका पछिल्ला केही निर्णयहरुले दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महशुस गरेको
काठमाडौँ । केही दिनअघि संघीय संसदमा प्रतिपक्षमा रहेका राजनीतिक दलहरुको संयुक्त पत्रकार सम्मेलनले आगामी अधिवेशन कसरी अघि बढ्छ भन्ने संकेत गरिसकेको छ । संसदको पहिलो र दोस्रो ठूलो दलले सरकार बनएपछि तेस्रो र चौथो दलको भुमिका महत्वपूर्ण देखिन्छ । संघीय संसदको प्रतिनिधि सभामा चौथो दलको रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको