Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

राज्यले टिकापुर विद्रोहलाई मात्रै अपराधिक बनायोः रेशमलाल चौधरी


काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपा, नेपाल)का संरक्षक रेशमलाल चौधरीले देशका सबै आन्दोलनहरूलाई सरकारले राजनीतिक रूपमा हेरेपनि टिकापुर आन्दोलनलाई भने अपराधको रूप दिएको आरोप लगाएका छन् ।

बुधवार निर्वाचन आयोगले नाउपा, नेपाललाई दल दर्ताको प्रमाणपत्र दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राज्यले हालै भएको आन्दोलनलाई पनि राज्यले राजनीतिक बनाएको बताएका छन् । जेनजी आन्दोलनमा आन्दोलनकारी र सुरक्षाकमी दुवै मारिएको उल्लेख गर्दै उनले त्यस आन्दोलनलाई पनि राजनीतिक रूपमा सम्बोधन गरिएको बताए । तर टिकापुर विद्रोहलाई राज्यले अपराधको रूपमा लिएको बताउदै यो नै निरकुंशताको प्रतिक भएको जिकिर गरेका छन् । नेपालमा रहेको विभेद, अन्याय र राज्यको निरकुंश व्यवहारविरुद्ध आफूहरु लाग्ने उनले बताए । टिकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा मान्यता दिन र सो आन्दोलनमा संलग्न सबै कैदी र फरार अभियुक्तहरूको मुद्दा फिर्ता गर्न माग गरेका छन् । उनका अनुसार सो घटनामा संलग्न करिब ३० जना अझै पनि फरारको सूचीमा छन् भने तीन सयभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गरिएको छ । उनले राज्यले आफूहरुमाथि गरेको अन्याय, दमन र विभेदको माफी माग्नुपर्ने बताउदै टिकापुर घटनाका सबै राजबन्दीलाई तुरुन्त रिहा गर्नुपर्ने माग गरेका छन् । उनले आफ्नो पार्टीले देशभरका सबै उत्पीडित वर्गको आवाज बोक्ने पनि बताएका छन् ।

उनले भने, ‘हामी समय्र नेपालमा मुद्दा बोक्छौँ । केबल मधेश र तराईको मात्रै होईन । पिछडिएकाहरुको आवाज बोक्छौँ । कर्णालीको त्यतिकै पिडा छ, हिमाली जनताहरुको धेरै पिडा छ, अस्ती म डोल्पा जिल्लाको भ्रमण गरेको थिए, त्यहाँका नागरिकलाई त नेपाल छ, भन्ने नै थाहा छैन । यो कुराको अनुभुत हामीले गराउनुपर्छ । यो हाम्रो देश नेपाल हो । खाली हामीले राज्य संचालकहरुलाई भन्दै आएको कुरा के हो त भन्दाखेरी तपाईहरुले विभेद गर्नुभयो, तपाईहरुले अन्याय गर्नुभयो । हरेक आन्दोलन राजनैतिक भए, हरेक आन्दोलनलाई यो देशले राजनैतिक बनायो, भर्खरै जेनजीको आन्दोलनलाई पनि राजनैतिक बनायो, ७७ जना मान्छे मरे, शहीद भए र यसमा सुरक्षाकर्मी पनि मरे । तर यो आन्दोलनलाई पनि राजनीतिक बनाइयो । दुवै पक्ष खुला रुपमा स–सम्मानका साथ हात मिलाएर हिँडेका छन् । तर यो राज्यले टिकापुर आन्दोलनलाई, टिकापुर विद्रोहलाई यो राज्यले अपराधिक बनायो । त्यसकारणले राज्य निरकुंश छ, हामीमाथी निरकुंश भएर लागेको छ । राज्यले टिकापुर विद्रोहलाई संस्थागत राजनितिक रुपमा रुपान्तरण गर्नुपर्छ । हाम्रा अझैपनि ३० जना साथीहरु फरारको सुचीमा हुनुहुन्छ । तीन सय भन्दा बढीलाई मुद्दा लागेको छ । हाम्रो चेलीहरुमाथी भएको हिंसा र हामीमाथठी भएको अन्याय, दमन र विभेदलाई राज्यले माफी माग्दै हाम्रो आन्दोलनलाई राजनितिक रुपमा स–सम्मानका साथ सम्बोधन गर्नुपर्छ । सम्पूर्ण राजबन्दीलाई रिहाई गर्नुपर्छ ।’

उनले आगामी निर्वाचनमा नाउपा, नेपालले कमैया, दलित, मुक्तकमलरी, सुनार, जनजाती र मुस्लिमका युवाहरु र एकल महिलाहरुलाई संसदमा पुर्याउने बताएका छन् । आफ्नो पार्टीको सिद्धान्त समुदायमा आधारित समाजवाद हुने उनको भनाई छ ।


प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?