Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

पार्टीभित्र एक–अर्कामाथि लाञ्छना लगाउने प्रवृत्ति आत्मघातिः काँग्रेस प्रवक्ता महत


काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एक–अर्कामाथि लाञ्छना लगाउने तथा आफ्नै सहकर्मीलाई होच्याउने प्रवृत्ति देखिनु आत्मघाति भएको टिप्पणी गरेका छन् ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका छन् । उनले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन छिटोभन्दा छिटो गर्नुपर्ने कुरामा नेताहरुबीच एकमत रहेपनि सहमति जुट्न नसकेको बताएका छन् । उनकाअनुसार बैठकमा राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो आन्तरिक निर्वाचन गर्नु कति उपयुक्त छ ? र सँगसँगै त्यसको लागि हाम्रो यथेष्ट तयारी समेत पुगेको अवस्था भए नभएको विषयमा छलफल केन्द्रित रहेको छ । उहाँले बैठकको अन्त्यसम्ममा महाधिवेशनबारे पार्टीको आधिकारिक निर्णय हुने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा एकमत छ । र चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुपर्छ भन्ने विषयमा पनि कुनै विमति छैन । तर राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो आन्तरिक निर्वाचन गर्नु कति उपयुक्त छ ? र सँगसँगै त्यसको लागि हाम्रो यथेष्ट तयारी समेत पुगेको अवस्था छैन भन्ने विषयवस्तुमै छलफल केन्द्रित छ । तर बैठकको अन्त्यसम्ममा समान निष्कर्षमा पुग्छौं भन्नेमा मेरो विश्वास छ । पार्टीभित्रैबाट सामाजिक सञ्जालमा लाञ्छाना लगाउने, आफ्नै साथिभाईलाई होच्याउने र नियोजित रुपमा प्रयोग गर्ने जुन प्रवृत्ति छ त्यो अहात्मघाति छ भनेर मैले अस्ति नै केन्द्रीय समितिको बैठकबमा पनि भनेको छु । हामीले सरकारले वातावरण बनाएको अवस्थामा निर्वाचनमा सहभागि हुने र नभए संसद पुनःस्थापनाको मागलाई दह्रोसँग उठाउने विषयमा एकमत छ ।’

निर्वाचनअघि महाधिवेशन हुनै नसक्ने संस्थापन पक्ष, चुनावमा नयाँ नेतृत्व लिएर मात्रै जानुपर्ने दुई महामन्त्री र संस्थापनइतरको अडानले काँग्रेसभित्र आन्तरिक टकराव चुलिएको छ ।


प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?