Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

मुख्यमन्त्रीलाई होटलमा शपथ गराएको घटनाबारे पौडेलको टिप्पणीः ‘संघीयतामाथिको प्रहार’


काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई होटलमा शपथ ग्रहण गराएको घटनालाई संघीयतामाथिको प्रहारका रूपमा टिप्पणी गरेका छन् ।

मंगलवार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् । उनले राज्य संरचना प्रचलित राज्यप्रणालीअनुसार नै सञ्चालन हुनुपर्ने बताउँदै तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पदीय मार्यादा र पद्धति पालना नगरेको आरोप पनि लगाएका छन् । उनले मधेस प्रदेशमा पदीय मर्यादाविपरीत कार्य भएको दाबी गर्दै प्रदेश प्रमुखको आचरणले संघीय अभ्यासमाथि नै प्रश्न उठाएको टिप्पणी पनि गरेका छन् ।

उनले भने, ‘राज्यको संरचना राज्य प्रणालीअनुसार नै चल्छ । राज्य प्रणालीका आफ्नै मर्यादाहरु हुन्छन् । यी मर्यादाहरुको पालना गर्ने काम जिम्मेवार अधिकारीको हुन्छ । त्यसकारण मर्यादा कायम भएन र पद्धतिसंगत ढंगले काम भएन भने राज्य संरचना पूर्णरुपमा असफल हुन्छ । अहिले मधेश प्रदेशको हकमा समेत मर्यादा कायम नगरेको, पद्धतिअनुसार काम नगरेको देखियो । एक त व्यापक निराशा भएको अवस्थामा प्रदेश प्रमुखले गरेको काम पदीय मर्यादाविपरित थियो । यस्ता कुरा आफूलाई थाहा छैन भनेपनि राज्यका अन्य निकायहरुसँग बुझेर तथा सल्लाह लिनुपर्छ । कुनै दलको मान्छे सार्वजनिक पदमा गइसकेपछि पार्टीका लागि जे पनि गर्ने सोच बोकेको हुनुहुदैन । त्यसकारण मधेशमा पछिल्लो पटक भएको घट्नाले संघीयतामाथि प्रहार भएको देखियो ।’

तत्कालीन प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री यादवको बर्दिवासस्थित एक होटलमा शपथ ग्रहण गराएका थिए । पदीय मर्यादा कायम गर्न नसकेको भन्दै प्रमुख भण्डारीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरिसकेका छन्।


प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?