Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

निर्वाचन आयोग पुगेर विप्लवले भनेः मुलुकमा निर्वाचनको वातावरण बनिसकेको छैन


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रमचन्दले निर्वाचनको वातावरण बनिनसकेको टिप्पणी गरेका छन् ।

शुक्रवार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगमा दल दर्ताको लागि केन्द्रिय सदस्यहरुको हस्ताक्षर गर्न पुग्नुभएका उनले सञ्चारकर्मीमाझ अहिलेसम्म निर्वाचनको वातावरण बन्न नसकेको कुरा तथ्य भएको प्रतिक्रिया दिएका छन् । महासचिव विप्लवले मुलुकमा एक दिन निर्वाचन हुने उल्लेख गर्दै त्यसमा भाग लिएर आफूले देश र जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले निर्वाचनलाई क्रान्ति, संघर्षको एउटा नयाँ मोर्चाको रुपमा आफ्नो पार्टीले लिएको र जनताले दिएको सुझावको आधारमा नै आफूहरुले निर्वाचनमा भाग लिने निर्णय लिएको जिकिर समेत गरेका छन् ।

महासचिव विप्लवले भने,‘निर्वाचन विद्रोहकै निरन्तरता हो । हामी संसदीय व्यवस्थालाई पूरै स्वीकार गरेर होइन कि यो क्रान्तिकै संघर्षकै एउटा नयाँ मोर्चाको रुपमा हामीले जनताको पक्षमा यसलाई प्रयोग गर्दछौँ । पार्टी भन्दा बाहेक बाहिर अरु साधन छैन हामीसँग जनताको सेवा गर्ने र देशको सेवा गर्ने । यो नयाँ पार्टी हो । र जनताको सल्लाह अनुसार नै यो कदम चालिएको छ । कम्युनिष्ट पार्टी एकताको बहसमा त नेपालमा जारी नै छ । आज तपाईले हेर्नुभयो होला नेपालमा कम्युनिष्टहरुलाई नयाँ ढंगले नयाँ केन्द्रमा एकीकृत गर्ने हाम्रो प्रस्ताव छ । हामी यहाँसम्म आएका छौं । नेकपाले अहिलेसम्म देशलाई र जनतालाई क्षति हुने कुनैपनि काम गरेको पनि छैन । र गर्न पनि दिएको छैन । यसका लागि लड्दै आएको छ । र जनताको सुझावअनुसार नै जनताले आफ्नो अधिकार चाहन्छन् । देशले स्वाधिनता चाहन्छ, नेपाल पुस्ताले एउटा परिवर्तनसहितको जीवन चाहन्छ । त्यसका लागि हामी संघर्षरत रहन्छौ । आजसम्म नेकपा मात्रै एउटा हो, जो जनतासँग जोडिएर काम गरेको छ । जेनजीलाई हाम्रो समर्थन र प्रेरणा थियो । निर्वाचनमा गएर सिंगै देशलाई बदल्ने । तपाईहरुकै साथ लिने हो । जति पनि नकारात्मक र दुखद परिणामहरु छन् । त्यसको शिक्षासहित नेकपाले हामीले देशलाई अपिल पनि गरेका छौँ । जनताले साथ दिएभने यो देशका युवाहरुलाई म नेपाली हुँ भन्ने स्वाभिमानीपूर्ण जीवन दिने हाम्रो चाहना छ । हामी देशभरी जाँदा तपाई आउनुस् भन्ने जनताको सुझाव छ । नेकपा जसले अहिलेसम्म देशलाई सम्पूर्ण रुपले आफ्नो जीवन समर्पित गरेको छ । त्यस आधारमा । हामीले तीन वटा कुरा सोचेका छौँ । नम्बर एक एउटा नयाँ कम्युनिष्ट केन्द्रको लागि पहल गर्ने । दोस्रो समाजवादी केन्द्र निर्माणको लागि पहल गर्ने । तेस्रो तत्काल नेपालको जो अस्थिर संकटपूर्ण राजनीति छ । त्यसलाई निकास दिनका लागि एउटा सचेत सबै मित्रहरुसँग मिलेर देशभक्त, समाजवादी, कम्युनिष्ट हरुसँग मिलेर निकासका लागि पहल गर्ने । अहिले चुनावको वातावरण बनिसकेको छैन । त्यो त साँचो हो । तर एक दिन त चुनाव हुन्छ ।’

महासचिव विप्लवले नयाँ एउटा कम्युनिष्ट केन्द्र बनाउने गरी मुलुकलाई संकटबाट निकास दिने विषयमा मिलेर जाने विषयमा घनश्याम भुसाल र जनार्दन शर्मासँग छलफल गरिएको पनि बताएका छन् ।


प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?