Trending
>>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक >>   आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

सूचना-प्रविधि


छाडा पशुचौपायाले दुर्घटनाको जोखिम

१८ ,भाद्र ,इनरुवा । पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा र कोसी व्यारेज सडकखण्डमा छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ । इनरुवा पश्चिमको सुनसरी खोलापुलदेखि कोशी गाउँपालिका–८ कोशी ब्यारेजसम्म छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको सवारी चालकले बताएका छन् । मुख्य राजमार्ग भए पनि सवारी चापको आधारमा साँघुरो

राप्रपामा युवा नेता बन्न खुला आवेदनको समयावधि थप

१७ ,भाद्र ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्यका लागि खुला आवेदनको समयावधि यही भदौ मसान्तसम्म थप गरेको छ । पार्टीले देशभरबाट ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजान केन्द्रीय सदस्य पदका लागि यही भदौ १५ गतेसम्म खुला आवेदन माग गरेकामा दुई साता

हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयार

१६ ,भाद्र ,काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

१५ ,भाद्र ,गोरखा । पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । सुक्खा पहिरो पन्छाउन समय लाग्ने उनले

शुक्रबारदेखि तातोपानी नाका खुल्ने

१४ ,भाद्र ,सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी

गाईजात्राका कारण बिहीबार र शुक्रबार काठमाडौँका यी सडकमा सवारीसाधन चलाउन नपाइने

१३ ,भाद्र ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जानकारी दिएको छ । आज एक सूचना जारी गर्दै महानगरले बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो । सूचनामा असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन

ताप्लेजुङ गोल्डकप बिहीबारदेखि

१३ ,भाद्र ,ताप्लेजुङ । ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ । फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९ महामारीलगायतका कारण रोकिएको थियो । यस वर्षको प्रतियोगितामा घरेलु मानाभारा क्लबसहित आठ टोली

बागमती प्रदेशसभाको बैठक भदौ १८ का लागि आह्वान

१२ ,भाद्र ,मकवानपुर । बागमती प्रदेशसभाको बैठक अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ । सोही दिनको ११ः३० बजे संसद् सचिवालयमा कार्यपरामर्श व्यवस्थापन समितिको बैठक बसेर अपराह्नमा बस्ने संसद् बैठकको लागि कार्यसूची तयार पार्ने भएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले

गाईजात्रा महोत्सव भोलि प्रज्ञा भवनमा

१२ ,भाद्र ,काठमाडौँ । यस वर्षको गाईजात्राका अवसरमा ब्राण्डवर्थ प्रालिले यही भदौ १३ गतेदेखि १८ गतेसम्म गाईजात्रा महोत्सव गर्ने भएको छ । ‘२०८० सालको गाईजात्रा’ नाम दिइएको उक्त कार्यक्रममा नेपालको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने र महोत्सवमा हाँस्यव्याङ्ग्य कलाकारको प्रस्तुति रहने कलाकार मनोज गजुरेलले जानकारी दिए । गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र

आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन नेपालमा हुने

११ ,भाद्र ,काठमाडौँ । आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन दक्षिण एसियाको न्युरोसर्जरी अर्थात् स्नायु शल्यचिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । नेपाल न्युरोसर्जन समाजका अध्यक्ष डा प्रवीण श्रेष्ठका अनुसार यही सेप्टेम्बर ७ देखि ९ तारिख (भदौ २१ देखि २३ गते) सम्म आठौँ दक्षिण एसियाली न्युरोसर्जरीसम्बन्धी तीन दिने शिखर

सम्वन्धित समाचारहरु