Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

फिल्म, टेलिशृङ्खला, स्टेज कार्यक्रममा प्रहरी पोसाक प्रयोग गर्दा स्वीकृति लिनुपर्ने


२८ ,भाद्र ,काठमाडौँ । नेपाल प्रहरीले फिल्म, टेलिशृङ्खला, स्टेज कार्यक्रमलगायतमा नेपाल प्रहरीको पोसाक प्रयोग गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने जनाएको छ ।प्रहरी पोसाकको दुरूपयोग भएको पाइएको भन्दै नेपाल प्रहरीले अबदेखि भिडियोको स्क्रिप्टसमेत देखाएर स्वीकृति लिनुपर्ने जनाएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा पोसाक दुरूपयोगका साथै साङ्गठानिक मर्यादाविपरीतका अपशब्द र संवादलाई प्रस्तुत गरेको तथा कतिपयले प्रहरीले व्यावसायिकरूपमा गरेका कार्यलाई अपव्याख्या गर्ने एवं प्रहरी कर्मचारीका निर्दोष पारिवारिक सदस्यसमेतको सुरक्षा चुनौती दिने किसिमका असामाजिक एवं अराजक प्रकृतिका अभिव्यक्तिबाट प्रहरी कर्मचारीको व्यावसायिक मनोबलमा प्रतिकूल प्रभाव पार्ने किसिमका क्रियाकलाप देखिएकाले नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

“नेपाल प्रहरीको पोसाक प्रयोग गर्नुपूर्व नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोसाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकतानुसार उक्त भिडियोको स्कृप्टसमेत खुलाई पूर्वस्वीकृति लिनुपर्ने, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाको पूर्वस्वीकृति नलिई वा स्वीकृत परियोजन तथा स्कृप्टअनुसार बाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दज्र्यानी चिह्न तथा प्रहरीको मोनोग्राम प्रयोग नगर्न/नगराउन, प्रहरी कर्मचारीले व्यावसायिकरूपमा आफ्नो जिम्मेवारी पूरा गर्दा निजहरूको व्यावसायिकता र मनोबलमा ह्रास ल्याउने कार्य तथा अभिव्यक्ति नदिन/नगर्न तथा यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरासमेत सर्वसाधारण सबैको लागि अनुरोध छ”, प्रहरी प्रधान कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमामा भनिएको छ ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?