जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदैआएका छन् । एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य सवारी साधनमा कष्टकर यात्रा गर्न बाध्य छन् । पर्यटकीय क्षेत्र मनाङमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पनि बिरामी पर्दा स्वास्थ्य संस्था
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ । शुक्रबार सीता एयरको १९ सिटे ९ ए–एजेएच विमान एयरपोर्टमा अवतरण गरेको हो । सुरुआतमा पश्चिमतर्फबाट र पुनः पूर्वतर्फबाट विमान अवतरण गरेको हो । दुवैतर्फबाट विमान अवतरण गर्न सहज नै रहेको क्याप्टेन रवीन्द्र डङ्गोलले बताउनुभयो । “दुवैतर्फबाट अवतरण सहजै
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले आज पदभार ग्रहण गर्नुभएको छ । बिहिबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि आज नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गर्नुभएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएका नेकपा (एमाले) मधेस प्रदेशको संसदीय दलका नेतासमेत रहनुभएका मन्त्री सरोजकुमार यादवले मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने प्रतिबद्धता
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णताः पाउन सकेको छैन । मुख्यमन्त्री यादवले समय व्यवस्थापनका कारण आज मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको प्रतिक्रिया दिनुभयो । यसअघि उहाँले आजसम्म विभागीय जिम्मेवारीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिने बताउनुभएको थियो । “आजसम्म मन्त्रिपरिषद् विस्तार गरौँला भन्ने थियो”, मुख्यमन्त्री यादवले रासससँग
कर्णाली प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आमसञ्चार प्रतिष्ठानका काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य स्व त्रिभुवन पौडेलको १३औँ दिनको पूण्य तिथिको अवसरमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा दिवङ्गत पौडेलको आत्माको चिरशान्तिको कामना गर्दै
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउनुभएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा बिहीबार पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा आयोजित शिला हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री अधिकारीले नेपाल र भारतको धार्मिक तथा सांस्कृतिक
काठमाडौँ महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड (परिचय पार्टी) हटाएको छ । नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो । महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरी सहित चार टोली खटाएको छ । विशेषगरी नयाँ बानेश्वर, कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगञ्ज
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आठ मन्त्री नियुक्त गर्दै मौजुदा तीन सदस्यीय मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाइएको हो । नव नियुक्त मन्त्रीहरू कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, केशवप्रसाद पोखरेललाई कृषि तथा पशुपन्छी विकास
कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गर्नुभएको छ । सत्ता गठबन्धन दल नेकपा एमालेबाट गुरुङ यही माघ १ गते सभामुखमा निर्वाचित हुनुभएको थियो । उहाँले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिनुभएको हो । जारी विज्ञप्तिमार्फत सभामुख गुरुङले भन्नुभएको छ, “सभामुख पदका हिसाबले साझा भूमिकामा रहनुपर्ने
पहिलो चरणको काम पूरा भएको तीन वर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको हो । रु ३४ करोडको लागतमा बसपार्क निर्माण गर्न गुरुयोजना तयार भएको थियो । तुलसीपुर उपमहानगरपालिकासँग पर्याप्त बजेट भएन । त्यसैले बिभिन्न चरणमा