Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन जारी


लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान जारीे छ । यहाँ तीन सय पाँच मतदाता छन् । घोराही उपमहानगरपालिका–१५ मिलन केन्द्रको प्राङ्गणमा बिहान १० बजेदेखि मतदान सुरु भएको थियो ।

बिहान १२ बजे सम्म एक सय ९५ मत खसेको छ । राष्ट्रियसभा सदस्यका लागि ६० जना प्रदेशसभा सदस्य र एक सय ३५ जना स्थानीयतह प्रमुख÷उपप्रमुखले मतदान गरेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँुवरले जानकारी दिनुभयो । निर्वाचनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी, सभामुख तुलाराम घर्ती, उपसभामुख मेनुका खाण केसीलगायतकाले मतदान गर्नुभएको छ ।

मतदानका लागि दुईवटा मतदान केन्द्र छन् । केन्द्र ‘क’मा प्रदेशसभा सदस्य र केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि मतदानको व्यवस्था मिलाइएको छ । मतदान दिउँसो ३ बजेसम्म चल्ने सूचना अधिकारी कुँवरले जानकारी दिनुभयो ।


प्रकाशित मिति: २५ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?