Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

प्रदेश समाचार


५ किलो सुनका गरगहनासहित दुई जना पक्राउ

७ वैशाख, बाँके । नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट,

म्याग्दीको एक घरमा भेटियो दुर्लभ ‘किङ कोब्रा’

७ वैशाख, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-९ घतानको एक घरमा दुर्लभ मानिएको ‘किङ कोब्रा’ (राज नाग) भेटिएको छ। बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरमा पिँढीमा अचानक कोब्रा देखापरेको हो। कोब्रा हेर्नेको भीड लागेको बेनी-९ घतानका चक्रबहादुर केसीले बताए। नौ वर्षदेखि पक्षी तथा जंगली प्राणीको खोजअनुसन्धानमा लागेका त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्र विषयमा स्नातकोत्तर

पूर्व वडाध्यक्ष ठाकुर पक्राउ

७ वैशाख, महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । विसं २०७५ वैशाख ४ गते महोत्तरी जिल्ला

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु

७ वैशाख, सर्लाही । सर्लाहीको लालबन्दीमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्रदेश २–०३–००१ ख ८१५ नम्बरको ट्रकले लाल बन्दी नगरपालिका -६ स्थित पूर्व–पश्चिम राजमार्गको कालिञ्जोर खोलाको पुल नजिक ठक्कर दिएको

नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ

७ वैशाख, गोरखा। नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयका प्रहरीले गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ स्थित दराैँदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । पक्राउपर्नेमा धादिङ

घट्दै चैते धानको खेती

७ वैशाख, तनहुँ । तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ। १० वर्षअघि जिल्लामा ६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले १ हजार ८०० क्षेत्रफलमा खेती गरेको पाइन्छ। चैते धान खेती बर्सेनि घट्दै गएको बताउँछन् कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी।

खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह

७ वैशाख, काभ्रे । खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ । आगलागीबाट भौतिक एवं मानवीय क्षति नभएपनि जङ्गलका रुख बिरुवा नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार छिमेकी जिल्ला सिन्धुलीको जङ्गलमा

गण्डकीका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिने

७ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने भएका छन् । शनिबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने विषयलाई प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत सूचना दिएको प्रदेशसभा सचिवालयका सूचना

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

७ वैशाख, काठमाडाैँ । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ ।

तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु

७ वैशाख, दमौली। तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ । बन्दीपुर गाउँपालिकाले बुधबारदेखि यो काम सुरु गरेको छ

सम्वन्धित समाचारहरु