Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु


७ वैशाख, सर्लाही । सर्लाहीको लालबन्दीमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार बिहान ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्रदेश २–०३–००१ ख ८१५ नम्बरको ट्रकले लाल बन्दी नगरपालिका -६ स्थित पूर्व–पश्चिम राजमार्गको कालिञ्जोर खोलाको पुल नजिक ठक्कर दिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । ठक्करबाट मोटरसाइकल चालक एवम् पछाडि सवार एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले हो ।

सनाखत हुन नसकेको मृतकद्वय पुरुषको शव पोस्टमार्टमका लागि सदरमुकाम मलङ्गवा पठाउने तयारी भइरहेको लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्त राम कार्कीले जानकारी दिए । दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक लालबन्दी प्रहरीको नियन्त्रणमा छन् ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?