Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

पूर्व वडाध्यक्ष ठाकुर पक्राउ


७ वैशाख, महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

विसं २०७५ वैशाख ४ गते महोत्तरी जिल्ला अदालतद्वारा कैद सजाय तोकिएका वडाध्यक्ष विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका थिए । तर वडाध्यक्ष रहेकै अवस्थामा उनी लेनदेन मुद्दाका फरार प्रतिवादी पनि थिए ।

लेनदेन मुद्दामा पैसा तिर्न नसकेर अदालतको फैसलापश्चात् विगत पाँच वर्षदेखि फरार रहँदै आएका पूर्ववडा अध्यक्ष ठाकुरलाई बुधबार गोप्य सूचनाका आधारमा प्रहरीले निजको घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

साथै उनले आज पूर्ववडा अध्यक्ष ठाकुरलाई महोत्तरी जिल्ला अदालतमा पेस गर्ने तयारी रहेकोसमेत बताए ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?