Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

घट्दै चैते धानको खेती


७ वैशाख, तनहुँ । तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ। १० वर्षअघि जिल्लामा ६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले १ हजार ८०० क्षेत्रफलमा खेती गरेको पाइन्छ।

चैते धान खेती बर्सेनि घट्दै गएको बताउँछन् कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी। अहिले जिल्लामा चैते धान रोपाइँ भइरहेको छ। करिब ७० प्रतिशत रोपाइँ कार्य सम्पन्न भएको उनले जानकारी दिए।

लामो समयदेखि वर्षा नहुँदा रोपाइँ कार्य प्रभावित भएको छ। उनले भने, ‘युवा शक्ति विदेशिँदा जनशक्तिको अभावमा खेती गर्ने परम्परा हराउँदै जान थालेको छ।’

चैते धान प्रायः चिउराको लागि प्रयोग गरिन्छ। चिउरा मिल सञ्चालकले चैते धान खरिद गरिदिँदा कृषक उत्साहित हुने गरे पनि पछिल्लो समय चिउरा मिल नै विस्थापित हुँदै गएपछि यस खेतीतर्फ कृषक निरुत्साहित बन्दै गएको उनले सुनाए।

जिल्लाको व्यास नगरपालिका, आँबुखैरेनी, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिकामा र बन्दीपुरका केही स्थानमा अहिले पनि चैते धानखेती गरिँदै आइएको छ। चैते धान काट्ने थन्काउने समयमा पानी पर्ने र पानीले भिजेको धानको गुणस्तरसमेत घट्ने हुँदा सस्तो मूल्यमा धान बिक्री गर्नुपर्ने समस्याले पनि कृषक यस खेतीतर्फ आकर्षित हुन छाडेको उनले बताए।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?