Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकताः झलनाथ खनाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाल राष्ट्रिय एकता अभियानसँगको एकतालाई कम्युनिष्ट आन्दोलनको एकताका रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एकताको निम्ति सही नीति, सिद्धान्त र कार्यदिशा आवश्यक पर्ने बताए । नीति बिनाको एकताको औचित्य नरहने जिकिर गरे । साझा धारणा बनाएर सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकता भएको बताए । नेपाल आज समाजवादी क्रान्तिको रुपान्तरणको युगमा रहेको र होशियारीपूर्वक अघि बढ्नुपर्ने खाँचो रहेको बताए ।

उनले भने, ‘एकताको निम्ति सही नीति, सही सिद्धान्त, सही कार्यदिशा आवश्यक पर्दछ । नीति बिनाको एकता सम्भव हुँदैन । के नीतिमा हामी एकतावद्ध हुन्छौँ, कस्तो कार्यदिशा र सिद्धान्तको आधारमा एकतावद्ध हुन्छाँै भन्नेकुरामा चिन्तनमनन गरेर साझा धारणा बनाएर सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकता हो । यो एकता प्रक्रिया यो पार्टीलाई अझ बलियो बनाउनका लागि भएको हो । आज हाम्रो देश समाजवादी क्रान्तिको रुपान्तरणको युगमा छ । यो समाजवादी क्रान्ति र रुपान्तरणको युगबाट अघि बढिरहँदा हामीले धेरै होशियारीपूर्वक अघि बढ्नुपर्ने आवश्यकता छ । यो एकतालाई हामीले कम्युनिष्ट आन्दोलनको एकताको रुपमा, देशव्यापी एकताको रुपमा, नीतिगत सिद्धान्त र लक्ष्यको एकताका रुपमा बदल्ने संकल्प गरौँ ।’

सम्मानित नेता खनालले कम्युनिष्ट आन्दोलनलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक रुपमा रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?