६ जेठ, काठमाडाैँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर गम्भीर घाइते भएकी ३६ वर्षीय शान्ति श्रेष्ठको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोर घर भएकी श्रेष्ठले शुक्रबार अपराह्न ३ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । आगोले जलेर गम्भीर
६ जेठ, जनकपुर । जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ । उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनियरहरुले प्राविधिक मर्मत गरिरहेका छन् । बिहान ९ः१५ बजे जनकपुरबाट काठमाडौँ उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखिपछि उडान रोकेर
६ जेठ, चितवन । बर्सेनि करोडौँ रुपैयाँ खर्चेर सामुद्रिक किनारमा रमाउन नेपाली विदेश जाने गर्दछन् । थाइल्याण्ड, दुबई, भारतको गोवा, इण्डोनेसियाको बालीलगायतका देश र सहरमा बर्सेनि ठूलो सङ्ख्यामा नेपाली पुगेको देखेका महेन्द्रसिंह थापालाई नेपाली पर्यटक रोक्ने योजना बन्यो । उनले यही ‘सि बीच’ मोडल दिने गरी नदी किनारमा पर्यटकीय पूर्वाधार निर्माण
६ जेठ, मोरङ । उत्तरी मोरङको लेटाङ नगरपालिकाले नगर क्षेत्रमा गाईवस्तु ओसारपसारमा रोक लगाएको छ । नगर क्षेत्रमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग फैलिन नदिन नगरले यस्तो निर्णय गरेको हो । नगरका प्रवक्ता भुम सूर्यमगरले नगर कार्य पालिकाको जेठ ४ गते बसेको बैठकले गाईवस्तु ओसारपसारमा रोक लगाएको बताए । नगरपालिकाका
६ जेठ, बागलुङ । पश्चिम बागलुङका ट्याक्सी चालक विष्णु काउचा मगर दुई सातापहिले बडिगाड गाउँपालिकाबाट बिरामी बोकेर गलकोट नगर अस्पताल पुगे । सधैँजसो बिरामी बोकेर धौलागिरि अस्पताल बागलुङ र पोखराका विभिन्न अस्पताल पुगेका काउचाले सोचेकै थिएन, गलकोटमै ती बिरामीको उपचार होला भनेर । अस्पताल पुगेपछि बिरामी उपचारतर्फ लागे, काउचा भने नगर
६ जेठ, वीरगञ्ज । पर्साको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन चुरे तथा वनजङ्गल संरक्षण अभियानले वीरगञ्जदेखि काठमाडौँसम्मको पदयात्रा सुरु गरेको छ । सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यले अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा अभियान्ता पैदलयात्रा सुरु गरेका हुन् । प्रदूषित सिर्सिया नदीको पानी बोकेर पैदलयात्रामा निस्केको अभियन्ता सरोजराय यादवले बताए
६ जेठ, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आमा समूहलाई कपास प्रशोधन गर्ने उपकरण प्रदान गरेको छ । व्यावसायिकरुपमा कपास खेती गर्दै आएका वडा नं ७ महादेवस्थानस्थित कात्तिकेका जुनतारा आमा समूह र गोदावरी आमा समूहलाई नगरपालिकाले रु १४ लाख मूल्य पर्ने मेसिन प्रदान गरेको हो । कपासको रुवा र दाना छुट्याउन
६ जेठ, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ८ धारापानी गाउँमा बस्दै आएका साईमले धामीलाई खानेपानीकै चिन्ता छ । जेठको बढदो गर्मीसँगै खोलामा पानी सुक्दै गएपछि पानीको जोहो गर्न उनलाई हम्मेहम्मे छ । “गर्मीका बेला खोला सुक्दा पानी खोज्दै जानुपर्छ”, उनले भने, “बर्सातका बेला धमिलो पानी बाध्य भएर पिउनुपर्छ, पानीको अर्को विकल्प
६ जेष्ठ ,विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा प्राध्यापक डिल्लीराम उप्रेती नियुक्त भएका छन् । कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानुनी परामर्श लिई सरोकारवालासँग थप छलफल गर्न सामााजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरेको छ । बैठकले
६ जेष्ठ ,त्रिशूली । नुवाकोटको सूर्यगढी गाँउपालिका–१ को कोम्राङपाखासहितको आसपासमा विद्युत् सेवा पुगेको छ । जिल्लाको दुर्गम क्षेत्र र माथिल्लो भूभाग भएकाले भौगोलिक कठिनाइको कारण विद्युत् प्रसारण प्रणाली पुग्न नसकेको उक्त गाउँमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत केन्द्रीय प्रसारण प्रणाली पुर्याएको हो । कार्यालयका डिभिजन