Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

लेटाङ नगरपालिकाले लगायो गाईवस्तु ओसारपसारमा रोक


६ जेठ, मोरङ । उत्तरी मोरङको लेटाङ नगरपालिकाले नगर क्षेत्रमा गाईवस्तु ओसारपसारमा रोक लगाएको छ । नगर क्षेत्रमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग फैलिन नदिन नगरले यस्तो निर्णय गरेको हो ।

नगरका प्रवक्ता भुम सूर्यमगरले नगर कार्य पालिकाको जेठ ४ गते बसेको बैठकले गाईवस्तु ओसारपसारमा रोक लगाएको बताए । नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक लेखनाथ भट्टराईका अनुसार नगरभित्र ३५ वटा गाईको लम्पी स्किनका कारण मृत्यु भइसकेको छ ।

भट्टराईले भने, ‘‘रोग लागेका २१ दिन भित्रमा पशुको मृत्यु भइसक्छ । रोगथामका लागि जेठ ५ गतेदेखि चार जना पशु प्राविधिक परिचालन गरी भ्याक्सिन लगाउन थालेका छौं ।’’

लेटाङ–५ का भक्तबहादुर श्रेष्ठको लैनो गाई मरेपछि गाउँमा क्रम गाई मर्न सुरु भएको हो । त्यसपछि लगातार सोही गाउँमा उपेन्द्र खड्का, सीता कार्कीको गाई मरे । अहिले वडा मात्रै होइन पूरै नगरमा महामारीको रुपमा रोग फैलिएको छ ।

पशु प्राविधिक भट्टराईले समयमा नै रोग नियन्त्रण नभए पशुपालक किसानले ठूलो आर्थिक घाटा व्यहोर्नुपर्ने बताए ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?