Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

लेटाङ नगरपालिकाले लगायो गाईवस्तु ओसारपसारमा रोक


६ जेठ, मोरङ । उत्तरी मोरङको लेटाङ नगरपालिकाले नगर क्षेत्रमा गाईवस्तु ओसारपसारमा रोक लगाएको छ । नगर क्षेत्रमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग फैलिन नदिन नगरले यस्तो निर्णय गरेको हो ।

नगरका प्रवक्ता भुम सूर्यमगरले नगर कार्य पालिकाको जेठ ४ गते बसेको बैठकले गाईवस्तु ओसारपसारमा रोक लगाएको बताए । नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक लेखनाथ भट्टराईका अनुसार नगरभित्र ३५ वटा गाईको लम्पी स्किनका कारण मृत्यु भइसकेको छ ।

भट्टराईले भने, ‘‘रोग लागेका २१ दिन भित्रमा पशुको मृत्यु भइसक्छ । रोगथामका लागि जेठ ५ गतेदेखि चार जना पशु प्राविधिक परिचालन गरी भ्याक्सिन लगाउन थालेका छौं ।’’

लेटाङ–५ का भक्तबहादुर श्रेष्ठको लैनो गाई मरेपछि गाउँमा क्रम गाई मर्न सुरु भएको हो । त्यसपछि लगातार सोही गाउँमा उपेन्द्र खड्का, सीता कार्कीको गाई मरे । अहिले वडा मात्रै होइन पूरै नगरमा महामारीको रुपमा रोग फैलिएको छ ।

पशु प्राविधिक भट्टराईले समयमा नै रोग नियन्त्रण नभए पशुपालक किसानले ठूलो आर्थिक घाटा व्यहोर्नुपर्ने बताए ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?