Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

धारापानीवासीलाई खानेपानीकै चिन्ता


६ जेठ, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ८ धारापानी गाउँमा बस्दै आएका साईमले धामीलाई खानेपानीकै चिन्ता छ । जेठको बढदो गर्मीसँगै खोलामा पानी सुक्दै गएपछि पानीको जोहो गर्न उनलाई हम्मेहम्मे छ ।

“गर्मीका बेला खोला सुक्दा पानी खोज्दै जानुपर्छ”, उनले भने, “बर्सातका बेला धमिलो पानी बाध्य भएर पिउनुपर्छ, पानीको अर्को विकल्प नहुँदा ५६ वर्षदेखि खोलाकै पानी प्रयोगमा ल्याउँदै आएका छौँ ।” चुरेफेदीको धारापानी गाउँमा २२ परिवारको बसोवास रहेको छ । विसं २०२४ साल अघिदेखि बस्ती बसेको धारापानी गाउँका बासिन्दाले खानेपानीका रुपमा खोलाको पानी प्रयोग गर्दै आएका छन् । खोलाको पानी पिउने, लुगा धुने र गाईबस्तुलाई खुवाउने कार्य हुँदै आएको छ ।

बाध्य भएर धारापानी खोलाको पानी पिउँदै आएको बालाराम गौतमले बताए । “गर्मीका बेला चुरे क्षेत्र भएर बग्ने खोला सुक्ने गर्दछन्” उनले भने, “घरका एक जनाको काम पानी खोज्नमै बित्छ, हिउँदका बेला पानीको त्यति समस्या हुँदैन, बर्सातका बेला खोलाको धमिलो पानी थेग्राएर पिउनुपर्ने बाध्यता छ ।”

असुरक्षित पानी पिउनुपर्ने भएकाले पानीजन्य रोगबाट स्थानिय बासिन्दा बिरामी हुने गरेको उनको भनाइ रहेको छ । खानेपानी आयोजना निर्माणका लागि पटकपटक सम्बन्धित निकायमा पुगे पनि कार्य अगाडि बढ्न नसकेको उनले बताए ।

“गत वर्ष वडा कार्यायले खानेपानी आयोजना निर्माणका लागि कार्य अगाडि बढाए पनि गाउँसम्म पानी पुग्न सकेन”, उनले भने, “थोरै बजेटले खानेपानी आयोजना निर्माणको कार्य अधुरो अपुरो रहेको छ”, धारापानी गाउँमा विद्युत् पनि पुग्न सकेको छैन । स-साना बालबालिकालाई पढ्नका लागि बालविकास केन्द्र पनि रहेको छैन ।

गाउँमा विद्यालय नहुँदा पाँच किलोमिटर टाढाको विद्यालयमा बालबालिकाले पढ्नका लागि पैदल जानुपर्ने बाध्यता रहेको छ । चुरेको दुर्गममा रहेको बस्तीमा अभावै अभाव रहेको मोहनसिंह धामीले बताP ।

“बाह्य क्षेत्रमा व्यक्ति यस क्षेत्रको मनोरम दृश्य नियाल्नका लागि यहाँ पुग्ने गर्दछन”, उनले भने, “यहाँ बसोबास गर्ने बासिन्दा आधारभूत सेवाबाट वञ्चित रहेका छन्”, वडाध्यक्ष बहादुरसिंह महराले धारापानी गाउँका बासिन्दाका लागि खानेपानी, विद्युत्लगायतका आधारभूत सेवा उपलब्ध गराउनका लागि प्रतिबद्ध भएर लागेको बताए ।

“केही महिनाभित्रै विद्युत् सेवा उपलब्ध गराउनका लागि कार्य अगाडि बढाएका छौँ”, उनले भने, “खानेपानी आयोजना सञ्चालनका लागि प्रदेश र सङ्घ सरकारसँग माग गरेका छौँ, नगरपालिकाको थोरै बजेटले खानेपानी आयोजना सञ्चालन गर्न नसकिने भएकाले अन्य निकायलाई गुहारेका छौँ ।”

वर्षौंदेखि चलनभोग गर्दै आएका धारापानी गाउँका बासिन्दाको जग्गाको स्वामित्व प्रदान गर्नका लागि जग्गा नापजाँच प्रक्रिया अगाडि बढाइएको उनको भनाइ रहेको छ । धारापानी गाउँलाई नगरपालिकासँग जोडनका लागि सडक पूर्वाधारका कार्य अगाडि बढाइएको उनले उल्लेख गरे ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?