Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सूर्यगढीको कोम्राङपाखामा विद्युत् पुग्यो


६ जेष्ठ ,त्रिशूली । नुवाकोटको सूर्यगढी गाँउपालिका–१ को कोम्राङपाखासहितको आसपासमा विद्युत् सेवा पुगेको छ । जिल्लाको दुर्गम क्षेत्र र माथिल्लो भूभाग भएकाले भौगोलिक कठिनाइको कारण विद्युत् प्रसारण प्रणाली पुग्न नसकेको उक्त गाउँमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत केन्द्रीय प्रसारण प्रणाली पुर्याएको हो ।

कार्यालयका डिभिजन प्रमुख हरिप्रसाद गुरागाईको अनुसार ‘उज्यालो बागमती अभियान’ अन्तर्गत रु ४० लाख लगानीमा ६० फलामको खम्बा र प्रसारण लाइन विस्तार गरेर विद्युत् पुर्याइएको हो ।

“विद्युत् सेवाको अभाव र तत्कालको लागि प्राधिकरणबाट विस्तारको तयारी नभएको भन्दै स्थानीयवासी र जनप्रतिनिधिको आग्रहअनुसार गरिएको स्थलगत सर्वेक्षणअनुसार बत्ती विस्तारको तयारी गरिएको हो”, डिभिजन प्रमुख गुरागाईले भने, “किसानको दैनिक जीवनमा आर्थिक रुपान्तरणसँग जोड्न बनाएको लक्ष्य विद्युत् सेवाको पहुँच पु¥याउन सफल भएसँगै पूरा भएको छ ।”

विद्युत् सेवाको विस्तार भएसँगै यहाँका नागरिकले टुकी बत्तीको सट्टा बिजुली बाल्न पाउने भएपछि गाँउमा खुसीको उमङ्ग छाएको सूर्यगढी गाउँपालिका–१ वडाध्यक्ष राजकुमार तामाङ (रञ्जित)ले बताए । उनको अनुसार बत्ती बाल्न र सञ्चारमाध्यमको उपभोग गर्नसहित जङ्गली जनावरले कृषि उब्जनीमा पुर्याउँदै आएको क्षति नोक्सानी कम गराउन सक्ने आशा स्थानीयवासीको छ ।

“लाङटाङ राष्ट्रिय निकुञ्जको पहुँच क्षेत्र भएकाले बदेल, दुम्सी भगाउन बत्ती बाल्न र सङ्गीत बजाएर भगाउन सकिन्छ भन्ने योजना बनाएका छौँ ।” वडाध्यक्ष तामाङले भने, “गाउँमा कुटानीपिसानी गर्ने मिल चलाउन, बालबालिकालाई अध्ययन र चुलोचौकाको काम बिहान बेलुकाको समयमा गर्न सहज भएपछि गाउँवासी उत्साहित छन् ।”

कोम्राङपाखाको ८४ वर्षीय जितमानसिंह तामाङको घरमा बत्ती बालेर सुरु भएको विद्युत् सेवा तार व्यवस्थापनको काम भइरहेकाले लक्ष्यअनुसार एकसय ५० घरधुरीमा पुर्याउन एक साता लाग्ने देखिएको छ । साठी वटा खम्बा र त्यसमा प्रसारण लाइन जडान भइसकेको छ भने घरघरमा विद्युतीकरणको लाइन मिलाउन बाँकी भएकाले सबैको घरमा बत्ती बल्न केही दिन लाग्ने योजना कार्यान्वयन गर्ने ‘ग्रामीण विद्युतीकरण तथा अन्य निर्माण उपभोक्ता समिति’का अध्यक्ष काजीमान तामाङले बताए ।

समुद्री सतहदेखि दुई हजार दुईसय मिटर उचाइमा अवस्थित यस (कोम्राङपाखा) बस्ती गोसाइँकुण्ड पदमार्ग, निकुञ्ज र हिमशृङ्खलाको मनोरम दृष्यावलोकनको लागि पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध यस ठाँउमा विद्युत्को उपभोगले स्थानीयवासीको आर्थिक जनजीवनमा उल्लेख्य सुधार हुने विश्वास लिएको उनको भनाइ छ ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?