१८ श्रावण, दाङ । दाङका एक वडाध्यक्ष काममा फर्किएका छन् । राजिनामा बुझाएका भनिएका घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाह पुनः काममा फर्किएका हुन् । उनले बिहीबारबाट काम थालेका छन् । गत असार १० गते उनले राजीनामा बुझाएको बताएका थिए । उनले पर्याप्त बजेट विनियोजन नगरिएको भन्दै राजीनामा दिएका थिए
१८ श्रावण, ताप्लेजुङ । ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत एक हप्तायता दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको यहाँस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले जनाएको छ । आँखा उपचार केन्द्रका अनुसार गत मङ्गलबार उपचारका लागि आएका ३३ आँखाका बिरामीमध्ये १२ मा आँखा
१८ श्रावण, काठमाडाैँ । सरकारले काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत ललितपुर जिल्लाको खोकना इलाकाको जंगा प्राप्ति सम्बन्धी समस्या समाधान गर्न गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले वैशाख ५ गते
१८ श्रावण, कञ्चनपुर । कञ्चनपुरका किसानले प्रयोगशालामा जाँचका लागि ल्याएका माटोका नमुनामा प्रांगारिक पदार्थसँगै अम्लीयपन, नाइट्रोजन, फास्फोरस र पोटासको कमी देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपरपुरका निमित्त कार्यालय प्रमुख दलबहादुर खड्काले किसानले ल्याएका अधिकांश नमुनामा प्रांगारिक पदार्थको मात्रा दुई दशमलव पाँचदेखि तीनसम्म पिएच देखिएको जानकारी दिए । उनका
१८ श्रावण, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष २०७९÷०८० मा एक लाख १२ हजार ६५५ सवारीसाधन कारबाहीमा परेका हुन् । एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा
१८ श्रावण, गुल्मी । गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो । नेपाली आफ्ना छोरीहरूसँग स्थानीय ढुङ्गेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न जानुभएको थियो
१८ श्रावण, जनकपुर । श्रावणको दोस्रो सातासम्म मधेश प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ । मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत्रका रुपमा चिनिने मधेशप्रदेशभित्र धान दिवस अर्थात् असार १५ गतेसम्म ११ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । समान्यतया रोपाइँ सम्पन्न भइसक्नुपर्ने समयमा आइपुग्दासमेत मधेसका
१८ श्रावण, झापा । यू-ट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् । “सामाजिक सञ्जालमा देखेको सबै कुरा सत्य हुन्छन् भन्ने भ्रम पनि सकियो,” गौरीगञ्ज गाउँपालिका-२ मा नौ बिघा जमिनमा ड्रागन फलको खेती गर्दै आएका
१८ श्रावण, दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट बिरामीको ‘रेफर’ गर्नेको दर घटाउने प्रयास थालिएको छ । पछिल्लो समय अस्पतालले बिरामीलाई रेफर गर्ने गरेको गुनासो बढेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारले रेफरदर घटाउने प्रयास थालेका छ । प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार अस्पतालबाट रेफर गर्ने गरेको गुनासो आएपछि
१८ श्रावण, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका वडासचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियमिता गरेपछि गाउँपालिकाले कारबाहिका लागि सिफारिस गरेको छ । वडासचिव आचार्यले लाभग्राहीको चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको उजुरी परेपछि गत असार १९ गते गाउँपालिकाले छानबिन समिति गठन गरेको थियो ।