Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

राप्ती प्रादेशिक अस्पतालबाट ‘रेफर दर’ घटाउने प्रयास थालियो


१८ श्रावण, दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट बिरामीको ‘रेफर’ गर्नेको दर घटाउने प्रयास थालिएको छ । पछिल्लो समय अस्पतालले बिरामीलाई रेफर गर्ने गरेको गुनासो बढेको जनाइएको छ ।  लुम्बिनी प्रदेश सरकारले रेफरदर घटाउने प्रयास थालेका छ ।

प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार अस्पतालबाट रेफर गर्ने गरेको गुनासो आएपछि त्यसलाई न्यूनीकरण गर्न  अस्पताललाई थप बजेट गरिएकोे बताए ।

उनका अनुसार अस्पतालमा विशेषज्ञ शल्यचिकित्सा सेवा विस्तारका लागि रु साढे चार करोड बजेट विनियोजन गरिएको छ । ‘मोडुलार ओटी सेटअप’लगायतका कार्य गर्नका लागि सोही बजेट विनियोजन गरिएको हो ।

शल्यचिकित्सा सेवा सुरु भएपछि अहिले जस्तो रेफर गर्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ । “अहिले धेरै रेफर हुने गरेको गुनासो आएको छ”, उनले भने, “यसलाई घटाउनका लागि प्रदेश सरकार दत्तचित्त भएर लागेको छ, अहिले हामीले शल्यचिकित्सा सेवा सञ्चालनका लागि बजेटसमेत विनियोजन गरेका छौँ ।”

यस सेवा सुरु भएसँगै शल्यक्रियाका धेरै सेवा प्रदान गरिने र अहिले जस्तो बिरामी रेफर गर्नुपर्ने अवस्था नहुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ओम अर्यालले जानकारी दिए ।

“अहिले यो सेवा नहुँदा केही बिरामीलाई रेफर गरेर पठाउनुपर्छ”, उहाँले भन्नुभयो, “अब यो सेवा सुरु भएमा ‘मेजर अपरेशन’ अस्पतालमै हुन्छन्, र रेफर दर घट्छ ।” चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि सोही बजेट विनियोजन भएको हो ।

त्यस्तै अस्पतालको नयाँ तला थप तथा ‘पेडियाट्रिक ब्लक’मा सेवा विस्तार गर्नका लागि औजार खरिदका लागि प्रदेश सरकारले एक करोड, औषधि भण्डारण गृह निर्माणका लागि रु ५० लाख रकम विनियोजन गरिएको छ । त्यस्तै अस्पतालको प्रयोगशाला स्तरोन्नतिका लागि रु ६० लाख, इएचआर वार्षिक सम्भार मूल्यसमेत गरी रु पाँच लाख, फोहरमैला व्यवस्थापनका लागि रु चार लाख, सिकलसेल एनिमिया, थालसेमिया तथा हेमोफेलिया निदान, उपचारका लागि रु पाँच लाख, अस्पतालमा आधारित जेरियाट्रिक वार्ड स्थापना, सामाजिक सेवा इकाइ र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन कार्यक्रमका लागि रु ४५ लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालका लागि ‘ओपिडी’ र ‘जनरल श्यया’ सोध भर्नाका लागि रु पाँच करोड बजेट विनियोजन भएको छ । केही समयअघि मात्रै अस्पतालमा एनआइसियु, दूरविन विधिबाट अपरेशन सेवा सञ्चालनमा आएका छन् । आइसियू र जनशक्ति व्यवस्थापन गर्नु अहिलेको आवश्यकता रहेको जनाउँदै आफूले त्यतातिर ध्यान दिएको निमित्त मेसु डा अर्यालले बताए ।

अस्पताललाई प्रदेश सरकारले छ सय श्ययामा स्तरोन्नति गर्ने निर्णयसमेत गरिसकेको छ । अब ‘ओएनएम सर्भे’ गर्न बाँकी रहेको छ । सर्भे भएपछि सोहीअनुसार जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन हुने र थप सहज हुने डा अर्यालले बताए । उक्त अस्पतालमा साविक राप्तीसहित बाँके, बर्दिया, सुर्खेतबाट समेत बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?