२७ श्रावण, रूकुम । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुमपश्चिम शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरुवा मोटो र बास्मती चामल बिक्री हुँदै आएको थियो । यीमध्येका केही सस्तोमा पाइने भएपछि खाद्यको चामलप्रति उपभोक्ताको आकर्षण थियो । रुकुमपश्चिम शाखाबाट अहिले स्टिम जिरा मात्रै बिक्री हुने गरेको जनाइएको छ । “बजारको तुलनामा
२७ श्रावण, पोखरा । पोखराका ट्याक्सी चालक मिटरमा उठ्ने रकम मात्र लिएर यात्रु बोक्न तयार भएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्वारा शनिबार पोखरामा आयोजित अन्तर्क्रिया कार्यक्रममा ट्याक्सी चालकले पोखरा उपत्यकाभित्र मिटरमा गुड्ने प्रतिबद्धता
२७ श्रावण, बझाङ । बझाङमा सेती नदीमा माछा मार्न गएका एक युवक बेपत्ता भएका छन् । दुर्गाथली गाउँपालिकाको मौरीबगरस्थित सेती नदीमा शुक्रबार साँझ माछा मार्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । बेपत्ता बम
२७ श्रावण, मकवानपुर । मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैँसेमा सुक्खा पहिरासँगै
२७ श्रावण, म्याग्दी । बेनी–जोमसोम सडक पाँच दिनका लागि पूर्ण रुपमा बन्द गरिने भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका २ बैंसरीमा पहिरो रोकथाम गर्न कालिगण्डकी कोरिडोर अन्तर्गतको बेनी–जोमसोम कोरला सडक आइतबार देखि बिहीबार सम्म बन्द गरिने भएको हो । राहुघाट –तातोपानी सडक खण्डको बैंसरी खण्डमा सडक माथिबाट खसेको पहिरोले यातायात प्रभावित
२७ श्रावण, गोरखा । गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा आज अजिङ्गर फेला परेको छ। करिब २२ केजी तौल भएको अजिङ्गर त्रिशूली नदी किनार नजिकै सडकमा भेटिएको सबडिभिजिन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए। गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ जोड्ने नयाँ बनेको पक्की पुल नजिकै
२७ श्रावण, नवलपुर । कान्छो जिल्लाका रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा शिलान्यास भएको चार वर्ष बितिसक्दा पनि नमूना सदरमुकामको काम अझै सुरु हुन सकेको छैन । बहुवर्षीय आयोजनामा बजेट सुनिश्चित नहुँदा काम गर्न नसकिएको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ । “नमूना सदरमुकाममा निर्माण हुने भवन, सडकलगायतका संरचनाका
२७ श्रावण, काभ्रे । काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–६ सिपाघाटमा एक व्यक्तिलाई हातखुट्टा बाँधेर विष खुवाइएको छ । गए राती करिब साढे १२ बजेको समयमा स्थानीय अन्दाजी ५५ वर्षीय श्रीराम ढकाललाई रबरको ट्युबले हातखुट्टा बाँधी विष खुवाइएको अवस्थामा फेला पारिएको हो । मण्डनदेउपुर नगरपालिका–६ का वडा अध्यक्ष सोमप्रसाद ढकालले श्रीरामकी श्रीमती सिन्धुपाल्चोक बाहुने
२७ श्रावण, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले उत्पादन गरेको अङ्गुर स्थानीय तहले नै खरिद गर्ने भएको छ । त्रिपुराकोट, गल्ली, रल्ली, खदाङ, फोइलगायतका विभिन्न स्थानमा व्यावसायिक रुपमा उत्पादन गरिएको सबै अङ्गुर त्रिपुरासुन्दरी नगरपालिकाले नै खरिद गर्ने निर्णय गरेको नगरप्रमुख जनचन्द्र रोकायले जानकारी दिए । बजारको अभावमा प्रत्येक वर्ष किसानले
२७ श्रावण, रूपन्देही । गत आर्थिक वर्ष २०७९/८० मा रुपन्देहीमा दुई सय १७ साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार तीे उद्योगले लगत कट्टा गरेका हुन् । लगत कट्टा गरी बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक उद्योग ६३ र