Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

बेनी–जोमसोम सडक पाँच दिन पूर्ण रूपमा बन्द


२७ श्रावण, म्याग्दी । बेनी–जोमसोम सडक पाँच दिनका लागि पूर्ण रुपमा बन्द गरिने भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका २ बैंसरीमा पहिरो रोकथाम गर्न कालिगण्डकी कोरिडोर अन्तर्गतको बेनी–जोमसोम कोरला सडक आइतबार देखि बिहीबार सम्म बन्द गरिने भएको हो । राहुघाट –तातोपानी सडक खण्डको बैंसरी खण्डमा सडक माथिबाट खसेको पहिरोले यातायात प्रभावित हुँदै आएको छ । पाँच दिन सडक बन्द गरेर पहिरो रोकथामको काम गर्न लागिएको हो ।

राहुघाट–तातोपानी खण्डमा कालोपत्रे भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु भएकाले सडक बन्द गरी पहिरो रोकथामका लागि सडक बन्द गरिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिए ।

उनका अनुसार उक्त सडकमा माथिबाट पहिरो खस्ने समस्याको रोकथामका लागि साउन २८ गते आइतबारदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि सडक खण्ड पूर्ण रुपमा बन्द गर्न लागिएको हो ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?