Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

काभ्रेमा एक जनालाई हातखुट्टा बाँधेर विष खुवाइयो


२७ श्रावण, काभ्रे । काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–६ सिपाघाटमा एक व्यक्तिलाई हातखुट्टा बाँधेर विष खुवाइएको छ । गए राती करिब साढे १२ बजेको समयमा स्थानीय अन्दाजी ५५ वर्षीय श्रीराम ढकाललाई रबरको ट्युबले हातखुट्टा बाँधी विष खुवाइएको अवस्थामा फेला पारिएको हो ।

मण्डनदेउपुर नगरपालिका–६ का वडा अध्यक्ष सोमप्रसाद ढकालले श्रीरामकी श्रीमती सिन्धुपाल्चोक बाहुने पाटी सप्ताहमा गएको मौका छोपी अज्ञात समूहले घरमा एक्लै सुतेका श्रीरामलाई रबरको ट्युबले दुवै हातलाई पछाडि र दुवै खुट्टालाई बाँधेर विष खुवाइएको अवस्थामा फेला पारिएको बताए । उनले अज्ञात समूहले श्रीरामको हातखुट्टा बाँधेर विष खुवाएपछि श्रीरामले चिच्याउँदै गुहार मागेपछि उनका छिमेकीले वडा अध्यक्ष ढकाललाई खबर गरेका थिए ।

आफूलाई खबर आएपछि केही व्यक्ति लिएर वडा अध्यक्ष ढकाल श्रीरामको घरमा पुग्दा उनलाई रबरले बाँधेर विष खुवाएको देखिएपछि तुरुन्तै उपचारका लागि धुलिखेल अस्पताल पठाइएको ढकाले बताए । धुलिखेल अस्पतालमा आकस्मिक कक्षमा उपचारका लागि शय्या नभएपछि श्रीरामलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज पठाइएको वडा अध्यक्ष ढकालले बताए ।

उनले घटनाको विषयमा अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थल आउँदै गरेको बताए । घटनास्थलमा प्रहरी चौकी देउपुरको टोलीले रबरको ट्युब र त्रिकाल ५०५ नामको विषादी र बोतल बरामद गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले घटनाको अनुसन्धानको लागि प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान टोलीलाई घटनास्थल पठाइएको र अनुसन्धान पछि विस्तृत जानकारी आउने बताए ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?