६ ,असोज ,लेकगाउँ (बझाङ) । बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेकि हुन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७
६ ,असोज ,मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गएराति आगलागी भएको छ । गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा आठ घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नगर प्रहरी र स्थानीयवासीले
६ ,असोज ,सुन्दरहरैँचा (मोरङ) । डाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मी मार्गमा सो प्रतियोगिता सञ्चालन हुने आयोजक क्लबले जनाएको छ । जिल्लामै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा प्रथम हुने टिमले
५ असोज,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिङ्गका समस्या समाधानतर्फ सवैको ध्यान केन्द्रीत हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन बुझ्दै राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्न सके सबैका समस्या समाधान हुने बताउनुभयो ।
५ असोज, काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता सिंहदरबारमा सुरु भएको हो । बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भने पनि दुवै पक्षले आन्तरिक छलफल गर्ने भन्दै वार्ता समय सारिएको थियो । त्यसपछि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान
५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको साधारणसभा आज काठमाडौंमा सुरु भएको छ । बालुवाटारस्थिति एक पार्टी प्यालेसमा भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् । उनले सर्वसम्मत अध्यक्ष हुन चाहेका थिए, तर लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले
५ असोज, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाए कारवाही हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । यस क्षेत्रमा पटक पटक यस्ता वस्तु उडाउने गरेको र यसले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने
५ असोज,काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौंमा केन्द्रित विरोध गरिरहेका छन्
५ असोज, काठमाडौं । १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दै छ । चीनको हान्झाउमा शनिवार औपचारिक उद्घाटन हुने १९औं एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरु यसअघि नै सुरु भइसकेका छन् । त्यसमा नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धा गर्न लागेको हो । समूह ‘डी’ मा
५ असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको बताएका छन् । संसदको अवरोधको विषयमा केन्द्रीय समितिले बोल्नुपर्ने उनको माग रहेको छ । शुक्रबार पार्टी केन्द्रीय समितिको बैठकमा संसदीय गतिविधिबारे ब्रिफिङ गर्दै प्रमुख सचेतक लेखकले संसदमा निरन्तर अवरोध हुने स्थिति बनिराखेको समेत