Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

राजनीतिक स्थायित्व र सुशासन दिनसके सवै समस्या समाधान हुन्छन् : राष्ट्रपति


५ असोज,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिङ्गका समस्या समाधानतर्फ सवैको ध्यान केन्द्रीत हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन बुझ्दै राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्न सके सबैका समस्या समाधान हुने बताउनुभयो । अति पिछडिएको र विकट क्षेत्रमा सचेतना अभियान सञ्चालन गरे समाजका देखिएका विकृति विसंगति हटाउन सहज हुने पनि उहाँंको धारणा थियो ।
राष्ट्रपति पौडेलले नेपालमा दलितहरू बस्तीका कारण पनि पिडित बनेको बताउदै भन्नुभयो–‘‘जहाँ जहाँ असुरक्षित बस्ती छन् । त्यही दलित समुदाय बसेका छन् । वर्षातको समयमा पहाडमा बाढि पहिरोबाट पिडित हुने दलित समुदाय नै छन् । तराईमा पनि डुवानबाट दलित समुदाय नै पिडित बन्दै आएका छन् ।’’
राष्ट्रपति पौडेलले नेपालको संविधान अनुसार गठन भएका सवै संवैधानिक आयोगले आफ्नो वर्गको उत्थानका लागि लाग्न जरुरी रहेको धारणा राख्नुभयो ।
दलित अयोगका अध्यक्ष देवाराज विश्वकर्माले आयोगको बार्षिक प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसुची रहेको बताउनुभयो । उहाँले दलित आयोगले २२ वर्षपछि फेरि दलितको जात र थरको नयाँ सुचीकरण गरेको पनि जानकारी दिनुभयो ।


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?