Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

संसदमा एमाले एग्रेसिभ र अधैर्य छ :रमेश लेखक


५ असोज, काठमाडौं  । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको बताएका छन् । संसदको अवरोधको विषयमा केन्द्रीय समितिले बोल्नुपर्ने उनको माग रहेको छ ।

शुक्रबार पार्टी केन्द्रीय समितिको बैठकमा संसदीय गतिविधिबारे ब्रिफिङ गर्दै प्रमुख सचेतक लेखकले संसदमा निरन्तर अवरोध हुने स्थिति बनिराखेको समेत बताएका छन् । उनले यस अगाडिको केन्द्रीय समितिको बैठकमा पनि संसदमा निरन्तर अवरोध हुँदा कामकारबाहीमा असर परेको बताएका थिए । शुक्रबार पनि दोहोर्‍याउँदै उनले भने, ‘संसदको चालू अधिवेशनमा ११ पटक सूचना जारी गरेर बैठक स्थगित भएका छन् ।’

लेखकले के कस्ता विषयमा संसद अवरोध भएको पनि ब्रिफिङ गरे । ६ र ७ वटा विषयमा बैठकमा अवरोध भएको स्मरण गर्दै उनले स-साना विषयलाई लिएर समेत बैठकमा अवरोध गर्ने प्रवृति देखा परेको समेत बताएका थिए । यस सम्बन्धमा पार्टीले राजनीतिक रुपमा निर्णय गरेर बोल्नुपर्ने सचेतक लेखकको आग्रह छ । ‘संसद अवरोधका कारण संसदले गर्नुपर्ने काम सम्पादन गर्न सकिरहेको छैन । निरन्तरको अवरोधले संसदीय पद्धतिलाई कमजोर गर्छ ।  यसले राम्रो गर्दै भनेर केन्द्रीय समितिले बोल्दा राम्रो हुन्छ,’ उनले केन्द्रीय समितिको बैठकमा भनेका छन् ।

प्रतिनिधि सभाको चालू अधिवेशनमा पशुपतिनाथको मन्दिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा चढाइएको जलहरीमा पित्तल मिसिएको भनी संसदमा सांसदले बोलेको विषयलाई लिएर अवरोध भएको थियो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमणीकरण नगरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विषयलाइ लिएर अवरोध भएको थियो । सर्वोच्च अदालतमा यो विषय प्रवेश गरेपछि अवरोध खुलेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमि लिएर नेपाललाई समुन्द्रसम्मको पहुँच दिन भारतलाई प्रस्ताव गरेको भन्दै एमालेले संसदमा अवरोध गरेको थियो । साथै सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन भारत गएको प्रचण्डको अभिव्यक्तिलाई लिएर समेत संसदमा अवरोध भएको थियो ।

बजेटमा कोशी प्रदेशको नाम छुटेको, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा बजेटमा रकम उल्लेख नभएको भनेर पनि संसदमा अवरोध भए । पछिल्लो समय नेपाल भित्रिएको करिब ६१ किलो सुनको विषयलाई लिएर एमालेले संसदमा निरन्तर अवरोध गरेको थियो ।

यस सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सरकारको प्रतिवद्धतापछि सदनको अवरोध खुलेको थियो । प्रतिनिधि सभाको अर्को बैठक असोज १४ गतेका लागि बोलाइएको छ ।

कांग्रेस प्रमुख सचेतक लेखकले पार्टीले निरन्तर संसदमा अवरोध हुने विषयमा राजनीतिक रुपमा बोल्नुपर्ने माग पटक पटक दोहोर्‍याएका छन् ।


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?