Trending
>>   पत्रकारहरुको कारण मिथ्या सूचना फैलिने डरले बोल्ने अवस्था रहेन : एमाले सांसद पन्त >>   कुलिङ पिरियडका पक्षमा अधिकांश सांसद एक, समय–सीमामा भने विमति >>   नैतिक पतन देखिने मुद्दामा दोषी देखिए पेन्सन दिनु हुँदैन भन्नेमा छौँः सभापति खतिवडा >>   आर्थिक शिथिलता पार लगाउन निजी क्षेत्रको मार्गचित्र मान्न सरकार तयार छः उद्योगमन्त्री >>   तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान कार्ययोजना सबैको साझा बन्छः वनमन्त्री ठकुरी >>   शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इन्जिन हुन्ः परराष्ट्रमन्त्री राणा >>   बंगलादेशसँगको कबड्डी श्रृंखलामा नेपाली महिला टोलीको उत्कृष्ट प्रदर्शन >>   पानीजहाज तथा जल परिवहनसम्बन्धी ऐन निर्माणमा सत्तापक्षले अल्मल्याएको प्रतिपक्षीको आरोप >>   एनआरएनएको ‘एकता महाधिवेशन’ वैशाख २० देखि >>   सडक छाड्ने मुडमा छैनन् शिक्षक, प्रधानमन्त्री ओलीको आश्वासनप्रति अविश्वास
Logo
८ बैशाख २०८२, सोमबार
८ बैशाख २०८२, सोमबार

संसदमा एमाले एग्रेसिभ र अधैर्य छ :रमेश लेखक


५ असोज, काठमाडौं  । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको बताएका छन् । संसदको अवरोधको विषयमा केन्द्रीय समितिले बोल्नुपर्ने उनको माग रहेको छ ।

शुक्रबार पार्टी केन्द्रीय समितिको बैठकमा संसदीय गतिविधिबारे ब्रिफिङ गर्दै प्रमुख सचेतक लेखकले संसदमा निरन्तर अवरोध हुने स्थिति बनिराखेको समेत बताएका छन् । उनले यस अगाडिको केन्द्रीय समितिको बैठकमा पनि संसदमा निरन्तर अवरोध हुँदा कामकारबाहीमा असर परेको बताएका थिए । शुक्रबार पनि दोहोर्‍याउँदै उनले भने, ‘संसदको चालू अधिवेशनमा ११ पटक सूचना जारी गरेर बैठक स्थगित भएका छन् ।’

लेखकले के कस्ता विषयमा संसद अवरोध भएको पनि ब्रिफिङ गरे । ६ र ७ वटा विषयमा बैठकमा अवरोध भएको स्मरण गर्दै उनले स-साना विषयलाई लिएर समेत बैठकमा अवरोध गर्ने प्रवृति देखा परेको समेत बताएका थिए । यस सम्बन्धमा पार्टीले राजनीतिक रुपमा निर्णय गरेर बोल्नुपर्ने सचेतक लेखकको आग्रह छ । ‘संसद अवरोधका कारण संसदले गर्नुपर्ने काम सम्पादन गर्न सकिरहेको छैन । निरन्तरको अवरोधले संसदीय पद्धतिलाई कमजोर गर्छ ।  यसले राम्रो गर्दै भनेर केन्द्रीय समितिले बोल्दा राम्रो हुन्छ,’ उनले केन्द्रीय समितिको बैठकमा भनेका छन् ।

प्रतिनिधि सभाको चालू अधिवेशनमा पशुपतिनाथको मन्दिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा चढाइएको जलहरीमा पित्तल मिसिएको भनी संसदमा सांसदले बोलेको विषयलाई लिएर अवरोध भएको थियो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमणीकरण नगरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विषयलाइ लिएर अवरोध भएको थियो । सर्वोच्च अदालतमा यो विषय प्रवेश गरेपछि अवरोध खुलेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमि लिएर नेपाललाई समुन्द्रसम्मको पहुँच दिन भारतलाई प्रस्ताव गरेको भन्दै एमालेले संसदमा अवरोध गरेको थियो । साथै सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन भारत गएको प्रचण्डको अभिव्यक्तिलाई लिएर समेत संसदमा अवरोध भएको थियो ।

बजेटमा कोशी प्रदेशको नाम छुटेको, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा बजेटमा रकम उल्लेख नभएको भनेर पनि संसदमा अवरोध भए । पछिल्लो समय नेपाल भित्रिएको करिब ६१ किलो सुनको विषयलाई लिएर एमालेले संसदमा निरन्तर अवरोध गरेको थियो ।

यस सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सरकारको प्रतिवद्धतापछि सदनको अवरोध खुलेको थियो । प्रतिनिधि सभाको अर्को बैठक असोज १४ गतेका लागि बोलाइएको छ ।

कांग्रेस प्रमुख सचेतक लेखकले पार्टीले निरन्तर संसदमा अवरोध हुने विषयमा राजनीतिक रुपमा बोल्नुपर्ने माग पटक पटक दोहोर्‍याएका छन् ।


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?