Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा चङ्‍गा, ड्रोन तथा बेलुन उडाए कारवाही हुने


५ असोज, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा चङ्‍गा, ड्रोन तथा बेलुन उडाए कारवाही हुने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । यस क्षेत्रमा पटक पटक यस्ता वस्तु उडाउने गरेको र यसले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै यस्तो गतिविधि नगर्न भनेको हो ।

चङ्‍गा, ड्रोन, बेलुन उडाउने र लेजर लाइट बाल्दा सुरक्षामा असर गर्न सक्छ । त्यसैकारण नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान उड्ने क्षेत्रमा यस्ता गतिविधि नगर्न सचेत गराउँदै आएको छ । यस्ता गतिविधि भएको पाइएमा वा सूचनाको अटेरी वा अवज्ञा गरेमा कानून अनुसार कारवाही हुने कार्यालयको भनाइ छ ।

 


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?