Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दै


५ असोज, काठमाडौं । १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दै छ ।

चीनको हान्झाउमा शनिवार औपचारिक उद्घाटन हुने १९औं एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरु यसअघि नै सुरु भइसकेका छन् । त्यसमा नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धा गर्न लागेको हो ।

समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार पौने १ बजे सुरु हुदैछ ।

नेपाली महिला फुटबल टोलीले यसै गेममार्फत एसियन गेम्समा डेब्यु गर्दैछ । पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालले समूह चरणमै विश्व विजेता गरिसकेको जापानसहित भियतनाम र बंगलादेशसँग खेल्दै छ ।

रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन समेत रहेका छन् ।

अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको नेपाली महिला टोलीले एसियाडलाई एक्सपोजर लिने अवरको रुपमा लिएको छ ।

नेपालले यसअघि भियतनासँग दुई पटक खेलेको छ । पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोट अन्तर्गत घरेलु मैदानमा खेलेको दुवै खेलमा नेपाल भियतनामसँग पराजित भएको थियो ।

 


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?