१४ श्रावण, काठमाडाैँ । बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको हो । बैठकले दुई कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव)मा बढुवा
१४ श्रावण, हेटौँडा । हेटौँडास्थित सडक डिभिजन कार्यालयले गत असार १० गते हेटौँडा उपमहानगरपालिकाको राप्तीरोडदेखि बुद्धचोक र चौकीटोलदेखि रातमाटेसम्म सडकको बीचबाट २५ मिटर दायाँबायाँ अतिक्रमण भएको भनी घरजग्गा हटाएर खाली गर्न ३५ दिने सूचना टाँस गरेपछि स्थानीय घरधनी तथा व्यापारी आन्दोलित भएका छन् । उक्त कार्यालयले बारा जिल्लाको पथलैयादेखि हेटौँडासम्म र
१४ श्रावण, पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार एक सय ५० मेट्रिक टन वितरण गर्ने लक्ष्य राखेको छ । महानगरपालिकाभित्र मलको बिक्री वितरणका लागि ७० केन्द्र सूचीकृत गरिएको र अघिल्लो वर्षको खपत अवस्था हेरेर यस आवका लागि लक्ष्य
१४ श्रावण, काठमाडाैँ । श्रावण ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा
१४ श्रावण, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका– ५ खैरबन्नीमा मामाघर आएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । यसरी डुबेर मृत्यु हुनेमा सर्लाहीको गोडैता नगरपालिका ९ बस्ने महेश मलिक डोमको ५ वर्षकी छोरी चञ्चला कुमारी मलिक डोम र भारतको सीतामढी बथनाहा बस्ने राम भजन मलिकको छोरी वर्ष ४ की अर्चनाकुमारी
१४ श्रावण, काठमाडाैँ । सुन तस्करीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागको टोलीले ठमेलको होटल भियनाबाट एक जना सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको जानकारी दिइएको छ । उक्त होटलमा राजश्व अनुसन्धानको टोलीले छापा समेत मारेको बताइएको छ । सुन तस्करी प्रकरणमा १८ जना पक्राउ परिसकेका
१४ श्रावण, कञ्चनपुर । वर्षात्को पानीले किसानलाई राहत हुन्छ । तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू । पानी परेको रात जागराम बस्छन् । उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ
१४ श्रावण, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र
१४ श्रावण, काठमाडाैँ । सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताले कोशी प्रदेशमा सरकार गठनको विषयलाई लिएर छलफल गरेका छन्। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले कोशी प्रदेशमा सरकार गठनका सन्दर्भमा
१४ श्रावण, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि पाँचौँ पटकसम्म सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाएको छैन । माध्यामिक विद्यालय तेस्रो तहको दरबन्दीअनुसार मासिक रु ४३ हजार छ सय ७९ तलब हुने यो पदमा कसैले दरखास्त नदिएपछि गत पुसदेखि दरबन्दी खाली भएको हो ।