Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु


१४ श्रावण, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका– ५ खैरबन्नीमा मामाघर आएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

यसरी डुबेर मृत्यु हुनेमा सर्लाहीको गोडैता नगरपालिका ९ बस्ने महेश मलिक डोमको ५ वर्षकी छोरी चञ्चला कुमारी मलिक डोम र भारतको सीतामढी बथनाहा बस्ने राम भजन मलिकको छोरी वर्ष ४ की अर्चनाकुमारी मलिक रहेको प्रहरीले जनाएको छ ।

शनिवार खैरबन्नीस्थित मामाघर विजय मलिकको घर आएकी दुवै जना नुहाउने क्रममा एक्कासि डुबेको र केही छिनपछि उनीहरूको शव पानीमा तैरिरहेको अवस्थामा बरामद भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । उनले आफूहरूलाई खबर हुँदा शव पानीबाट निकालेर बाहिर राखिसकिएको जानकारी दिँदै उनले शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर महोत्तरी पठाइएको छ ।

उनीहरू खैरबन्नीमा मलमासमा लाग्ने गेरुका मेला हेर्न मामा घर आएका थिए । गाउँकै राम विनय यादवको पोखरीमा नुहाउने क्रममा घटना घटेको जनाइएको छ । गाउँकै राम विनय यादवको पोखरीमा नुहाउने क्रममा घटना घटेको जनाइएको छ ।


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?