Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पोखरामा २ हजार एक सय ५० मेट्रिक टन कृषि मल वितरणको लक्ष्य


१४ श्रावण, पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार एक सय ५० मेट्रिक टन वितरण गर्ने लक्ष्य राखेको छ ।

महानगरपालिकाभित्र मलको बिक्री वितरणका लागि ७० केन्द्र सूचीकृत गरिएको र अघिल्लो वर्षको खपत अवस्था हेरेर यस आवका लागि लक्ष्य निर्धारण गरिएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । गत आर्थिक वर्षमा पोखरामा युरिया, डिएपी र पोटास गरेर एक हजार नौ सय ७७ दशमलव ६५ टन मल खपत भएको थियो ।

त्यसमध्ये युरिया एक हजार दुई सय २१ दशमलव ७५ टन खपत भएको थियो । त्यस्तै डिएपी छ सय ६३ दशमलव ८५ टन, पोटास ३९ दशमलव ९५ टन र कृषि चुन दुई दशमलव एक टन खपत भएको थियो । मलको डिपोदेखि बिक्री केन्द्रसम्मको दूरीका आधारमा २५ किमिसम्म युरिया प्रतिकिलो रु १९ दशमलव ४५ देखि २१ रुपैयाँ पाँच पैसासम्म निर्धारण गरिएको छ ।

त्यस्तै डिएपीको रु ४८ दशमलव ४५ देखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोकिएको कडरियाले जानकारी दिनुभयो । मल बिक्रेताले प्लास्टिक झोलाको मूल्य प्रतिकिलो थप रु दुईसम्म लिनसक्ने व्यवस्था गरिएको छ ।


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?