काठमाडौँ। गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको बिरोधमा भइरहेको आन्दोलनको विषयमा सम्बन्धित ४ जिल्लाका सांसदहरुसँग छलफलगरेका छन् । मंगलवार साँझ गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिहसँग छलफल गरेका हुन् । शनिवार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । सोक्रममा केही प्रदर्शनकारीलाई
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला अदालत कास्कीबाट भएको आदेशको फैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।
लुम्बिनी । नेपाल एसाेसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘न्यारोबडी’का एयरलाइन्सको बेस बनाउन माग गरेको छ । नाट्टाले चीन, बौद्धमार्गी तेस्रो मुलुक र श्रमिक गन्तव्य खाडी मुलुकका लागि भैरहवा बेस न्यारोबडी जहाज सञ्चालन भएमा मात्र दीर्घकालीन हुने निष्कर्ष निकालेको हो । बुटवलमा सम्पन्न
भक्तपुर । सूर्यविनायक नगरपालिकाले आजदेखि आफ्नै नयाँ भवनबाट प्रशासनिक सेवा सुरु गरेको छ । यसअघि नगरपालिकाले टङ्कप्रसाद आचार्य प्रतिष्ठानको भाडाको घरबाट प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको थियो । आजदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए । उनले भने, ‘नगर
काभ्रेपलाञ्चोक । राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलनकार्य सकिएको तथा आवश्यक खोप आइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको
काठमाडाैं । सूर्यदर्शन सहकारी प्रकरणमा धरौटी बुझाउने आदेश बदरको माग गर्दै रास्वपा सभापति रवि लामिछाने उच्च अदालत पोखरा पुगेका छन्। जिल्ला अदालत कस्कीले गत पुस २५ गते फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाका प्रतिवादी रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको छ । सहकारी ठगीसम्बन्धी तेस्रो मुद्दाको सामना गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग अहिलेसम्मकै सबैभन्दा धेरै धरौटी माग्ने आदेश भएको हो ।
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । रुपन्देही जिल्ला अदालतमा गत बुधबारबाट जारी थुनछेक बहस सकिएसँगै अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले जवाफी बहस गरिरहेका छन् ।
काठमाडौँ।ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ । आईतवार महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कार्यक्रमको शुभारम्भ गरेका छन् । महानगरले ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरिएको कार्यक्रमको सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ साप्ताहिक ट्राफिक सचेतना शुरु गरिएको महानगरको
ताप्लेजुङ । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्ले पाटीभन्दा माथि रहेको बलु डाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको