Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

कवाड मजदुरमाथि महानगरकाे डोजर आतंकः तीन मजदुर घाइते !


काठमाडौं। काठमाडौं महानगर प्रहरीले टेकुमा रहेको एक कवाड गोदाममा डोजर चलाउने क्रममा झडप भएको छ । महानगर प्रहरी र कवाड संकलकबीच झडप भएको हो । झडपको क्रममा ३ जना कवाड संकलक घाइते भएका छन् ।

घाइतेहरुको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कवाड व्यवसायी समाज नेपालले महानगरले मजदुरमाथि ज्यादति गरेको भन्दै आपत्ति जनाएको छ । कवाड व्यवसायी र संकलकमाथि भईरहेको ज्यादति तत्काल रोक्न कवाड व्यवसायी समाजले सरकारसमक्ष माग गरेको छ ।

‘काठमाडौँ महानगरपालिकाले २०८१ माघ २७ गतेका दिन आज बिहान टेकुको एक कवाडमा गुण्डागर्दी सैलीमा डोजर चलाएर कवाड भत्काउने काम गरेको छ । महानगर प्रहरीले कवाड कारखानामा काम गर्ने मजदुरहरुलाई कुट पटि गरेको छ । महानगरले हाल आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी सैलीमा कवाड संकलक मजदुरहरु माथी कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरु भत्काउने काम गरिरहेको छ,’– कवाड व्यवसायी समाज नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ ।


प्रकाशित मिति: २७ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?