Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

कवाड मजदुरमाथि महानगरकाे डोजर आतंकः तीन मजदुर घाइते !


काठमाडौं। काठमाडौं महानगर प्रहरीले टेकुमा रहेको एक कवाड गोदाममा डोजर चलाउने क्रममा झडप भएको छ । महानगर प्रहरी र कवाड संकलकबीच झडप भएको हो । झडपको क्रममा ३ जना कवाड संकलक घाइते भएका छन् ।

घाइतेहरुको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कवाड व्यवसायी समाज नेपालले महानगरले मजदुरमाथि ज्यादति गरेको भन्दै आपत्ति जनाएको छ । कवाड व्यवसायी र संकलकमाथि भईरहेको ज्यादति तत्काल रोक्न कवाड व्यवसायी समाजले सरकारसमक्ष माग गरेको छ ।

‘काठमाडौँ महानगरपालिकाले २०८१ माघ २७ गतेका दिन आज बिहान टेकुको एक कवाडमा गुण्डागर्दी सैलीमा डोजर चलाएर कवाड भत्काउने काम गरेको छ । महानगर प्रहरीले कवाड कारखानामा काम गर्ने मजदुरहरुलाई कुट पटि गरेको छ । महानगरले हाल आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी सैलीमा कवाड संकलक मजदुरहरु माथी कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरु भत्काउने काम गरिरहेको छ,’– कवाड व्यवसायी समाज नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ ।


प्रकाशित मिति: २७ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?