काठमाडौँ । आ. ब. २०८१/०८२ का लागि आय प्रक्षेपणका लागि विज्ञ समूहबाट आर्थिक क्षेत्रको अवस्था अध्ययन गराउन महानगरपालिकाकी उपप्रमुख एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डंगोलले राजस्व विभागलाई निर्देशन दिनुभएको छ । आज बसेको समितिको बैठकमा चालु आर्थिक बर्षको राजस्व संकलनको अवस्था, दायरा र दरका विषयमा छलफल गर्ने क्रममा उहाँले
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको नियमित अनुगमन गरेर निर्धारित लागत र समयसीमा भित्रै आयोजना सम्पन्न हुने सुनिश्चित गरिने बताउनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला
काठमाडौं । महिला, बालबालिका, ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र नेपाल लागि फिनल्याण्डका राजदुत रिना रिक्का हेक्काको शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देश विचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षविच कुराकानी भएको छ । भेटमा मन्त्री
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकास्थित ऐतिहासिक लायकु प्रवेशद्वारको प्राचीनता मेटिने गरी पुनर्निर्माण गर्न लागिएको भन्दै पुरातत्त्व विभागले तत्काल निर्माण कार्य रोक्न निर्देशन दिएको छ।नगरपालिकाको ८ र ९ वडाको सीमामा रहेको उक्त प्रवेशद्वार बनेपा नगरपालिकाले पुनर्निर्माण गर्दै छ। तर, नगरपालिकाले प्रवेशद्वारमा कंक्रिट प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐनविपरीत कार्य गरेको भन्दै विभागले
गण्डकी। वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक विस्तारको काम प्रभावित बनेको छ । वर्षाले तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्रको काम रोकिएको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका प्रमुख राजेशप्रसाद पौडेलले भने, “दुई किलोमिटर क्षेत्रमा प्राइमर बिछ्याइसकिएको थियो, वर्षा भइरहेका कारण कालोपत्रको काम रोकिएको छ ।” वर्षाकै
रूपन्देही। रूपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गैडहवा गाउँपालिका-८ खैरेनी कुट्टा बस्ने २० वर्षीय राम सुवास भरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । रामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको छ। यद्यपि यसको घोषणा भने चैत १७ गते पार्टी सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्ने तयारी गरेका छन्। रास्वपाका एक नेताले दिएको जानकारीअनुसार प्राइमरी भोटिङमा मिलन लिम्बूको पनि नाम छ।
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका बडीगार्डले राख्न नमिल्ने हतियार राखेको भन्दै छानबिन गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईंका बडिगार्ड रामकुमार धिमालको साथबाट बरामद हतियार स्वचालित भएकाले लाइसेन्स लिएर पनि व्यक्तिले बोक्न नमिल्ने भन्दै छानबिन गर्न गृह मन्त्रालयलाई
काठमाडौँ । काठमाडौँको पूर्वाधार विकासमा समन्वय गर्न ‘अन्तर निकाय समन्वय कार्यविधि’ तर्जुमा हुने भएको छ । आज महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको ‘पूर्वाधार समन्वय बैठक’ कार्यविधिको मस्यौदा तयार पार्न ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा महानगरपालिका, सडक विभाग, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण र काठमाडौँ उपत्यका खानेपानी
काठमाडौं । ललितपुर ढोलाहिटीको घटनामा संलग्न भएका चार आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गरी रोपीलाई सार्वजनिक गरेको हो