Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

प्राचीन धरोहरले पाएन न्यायः लायकु प्रवेशद्वारको काम रोक्न पुरातत्त्वको पाँचाै पत्र तर,काम निरन्तर !


काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकास्थित ऐतिहासिक लायकु प्रवेशद्वारको प्राचीनता मेटिने गरी पुनर्निर्माण गर्न लागिएको भन्दै पुरातत्त्व विभागले तत्काल निर्माण कार्य रोक्न निर्देशन दिएको छ।नगरपालिकाको ८ र ९ वडाको सीमामा रहेको उक्त प्रवेशद्वार बनेपा नगरपालिकाले पुनर्निर्माण गर्दै छ। तर, नगरपालिकाले प्रवेशद्वारमा कंक्रिट प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐनविपरीत कार्य गरेको भन्दै विभागले काम रोक्न निर्देशन दिएको हो।

अभियन्ता श्रीकृष्णा धिमालका अनुसार प्रवेशद्वारको निर्माण गर्दा अनावश्यक कंक्रिट प्रयोग गरिएको विभागको ठहर छ। प्राचीन स्मारक संरक्षण ऐन, २०१३ र नियमावली २०४६ विपरीत देखिएकाले निर्माण कार्य रोक्न १२ चैत्रमा विभागले प्रशासन र बनेपा नगरपालिकालाई निर्देशन दिएको हो।

प्रवेशद्वार निर्माण गर्दा आवश्यक समन्वयसमेत नगरेको विभागले जनाएको छ। पुरातत्त्वले निर्देशन दिए पनि अटेर गर्दै नगरपालिकाले निर्माण कार्य जारी राखेको छ। विभागले यसअघि ११ साउनमा पनि काम रोक्न निर्देशन दिएको थियो। तर, नगरपालिकाले अटेर गर्दै आएपछि विभागले पुनः निर्देशन दिएको हो। त्यस्तै, सूर्यविनायक–धुलिखेल सडक विस्तारको क्रममा ऐतिहासिक ढुंगेधारा, पार्टीपौवा र मठमन्दिर संरक्षण गर्न पनि विभागले सडक विभागलाई निर्देशन दिँदै आइरहेको छ।


प्रकाशित मिति: १५ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?