Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

आय प्रक्षेपण विज्ञ समूहबाट अध्ययन गराउन उपप्रमुख डंगोलको निर्देशन


काठमाडौँ । आ. ब. २०८१/०८२ का लागि आय प्रक्षेपणका लागि विज्ञ समूहबाट आर्थिक क्षेत्रको अवस्था अध्ययन गराउन महानगरपालिकाकी उपप्रमुख एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डंगोलले राजस्व विभागलाई निर्देशन दिनुभएको छ । आज बसेको समितिको बैठकमा चालु आर्थिक बर्षको राजस्व संकलनको अवस्था, दायरा र दरका विषयमा छलफल गर्ने क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

‘राजस्वको दर निर्धारण गर्दा करदातालाई भार महसुस नहोस् । बजारको अवस्था करको दर र दायरालाई सुक्ष्म विश्लेषण गरौँ ।’ उहाँले भन्नुभयो, ‘दर कम भएर आय कम हुने होइन । आय बढाउन दायरा पनि बढाउनुपर्छ ।’चालु आर्थिक बर्षमा राजस्वको वडास्तरीय अनुगमन भइरहेको छ । यसबाट दायरा बढेको निष्कर्ष निकाल्दै बैठकले यसलाई निरन्तरता दिनुपर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?