Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

आय प्रक्षेपण विज्ञ समूहबाट अध्ययन गराउन उपप्रमुख डंगोलको निर्देशन


काठमाडौँ । आ. ब. २०८१/०८२ का लागि आय प्रक्षेपणका लागि विज्ञ समूहबाट आर्थिक क्षेत्रको अवस्था अध्ययन गराउन महानगरपालिकाकी उपप्रमुख एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डंगोलले राजस्व विभागलाई निर्देशन दिनुभएको छ । आज बसेको समितिको बैठकमा चालु आर्थिक बर्षको राजस्व संकलनको अवस्था, दायरा र दरका विषयमा छलफल गर्ने क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

‘राजस्वको दर निर्धारण गर्दा करदातालाई भार महसुस नहोस् । बजारको अवस्था करको दर र दायरालाई सुक्ष्म विश्लेषण गरौँ ।’ उहाँले भन्नुभयो, ‘दर कम भएर आय कम हुने होइन । आय बढाउन दायरा पनि बढाउनुपर्छ ।’चालु आर्थिक बर्षमा राजस्वको वडास्तरीय अनुगमन भइरहेको छ । यसबाट दायरा बढेको निष्कर्ष निकाल्दै बैठकले यसलाई निरन्तरता दिनुपर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?