१२ असार ,भरतपुर । चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नं ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ भैँसी वितरण गरिएको हो । किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास
१२ असार ,म्याग्दी । धवलागिरि गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जामात्र हो । गुर्जा पुग्न धवलागिरि गाउँपालिकाको वडा नं २ लुलाङबाट पूरै दिन जङ्गल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ । घोडा, खच्चर र भरियामार्फत सामान ढुुवानी गर्नुपर्छ । यस्तो
१२ असार ,दोधारा चाँदनी । कञ्चनपुरका नौ स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट सार्वजनिक गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषिमा ‘हाम्रो उपजः हाम्रै प्रयोग’ भन्ने नारा अघि सारेको छ । त्यसैगरी कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यावसायिक कृषि खेतीलाई बढोत्तरी हुने गरी
११ असार ,काठमाडौँ । प्रेस युनियनको काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम र सचिवमा सन्तोष अधिकारी विजयी भएका छन् । आज काठमाडौंको लैनचौरमा भएको निर्वाचनमा काठमाडौं शाखाको प्रेस युनियन अध्यक्षमा महेश्वर गौतम विजयी भएका हुन् ।त्यस्तै सचिवमा सन्तोष अधिकारी विजयी भएका छन् । अध्यक्षमा दिलिप प्रकाश कार्की, र महेश्वर गौतमले उम्मेदवारी
११ असार ,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई यातनापीडित सम्बन्धी उजुरीमा गरेको सिफारिसमा पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी विज्ञप्तिमा आयोगले यातनासम्बन्धी उजुरीहरुमा पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही तथा पीडकबाट क्षतिपूर्ति भराउने जस्ता सिफारिस सरकारलाई गरेको उल्लेख गर्दै
११ असार ,सुर्खेत/भेरीगङ्गा । सुुर्खेतका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि कूल रु आठ अर्ब २७ करोड ८५ लाख ५५ हजार आठ सय ७४ बराबरको बजेट ल्याएका छन् । स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । नौ स्थानीय
११ असार, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलस्रोत, कृषि, पर्यटनलगायत क्षेत्रमार्फत आत्मनिर्भर बनाउने योजना रहेको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले गण्डकीभित्र आर्थिक आयआर्जनका प्रचुर सम्भावना रहेकाले योजनाबद्ध ढङ्गले प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपरेको बताए। “हाम्रो प्रदेशले ऊर्जा क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिलका लागि
११ असार, बैतडी । मनसुनी वर्षाले बैतडीका विभिन्न स्थानमा बाढीपहिराको जोखिम हुने भएपनि यहाँका स्थानीय तहले अझै विपद् पूर्व तयारीको काम सुरु गरेका छैनन् । मनसुन सुरु भई पानी पर्न थाले पनि क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न ढिलाइ गरिरहेका हुन् । जिल्ला विपद् व्यवस्थापन
११ असार, डडेल्धुरा । डडेल्धुरा–डोटी जोड्ने सेती राजमार्ग अन्तर्गत रडुवाखोलामा मालबाहक मिनिट्रक खसेको छ । केआइसिंह राजमार्ग भनिने सो राजमार्गको डडेल्धुराको गन्यापधुरा गाउँपालिका –२ स्थित रडुवाखोलामा मिनीट्रक खसेको हो । सोमबार बिहान धनगढीबाट बाजुरा जाँदैगरेको सुपप्र ०१००१ प १८८६ नम्बरको मिनी ट्रक रडुवाखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको
११ असार, कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले पशु पैँचो कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरको १३औँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा नगरलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि पशु पैँचो कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले जानकारी दिए । पशुपालन व्यवस्थालाई प्रवद्र्धन गर्न विपन्न र आर्थिक अवस्था