Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

त्रिचालीस दिनमै खानेपानी योजना सम्पन्न


१२ असार ,म्याग्दी । धवलागिरि गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जामात्र हो । गुर्जा पुग्न धवलागिरि गाउँपालिकाको वडा नं २ लुलाङबाट पूरै दिन जङ्गल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ ।

घोडा, खच्चर र भरियामार्फत सामान ढुुवानी गर्नुपर्छ । यस्तो दुर्गम र विकट बस्तीमा सञ्चालन भएको गुर्जा खानेपानी आयोजना निर्माण लक्ष्यभन्दा अघि नै सकिएको छ । ढिलासुस्तीका कारण म्याग्दीका ठूला विकास आयोजना थलिएको अवस्थामा गुर्जा खानेपानी आयोजनाको काम लक्ष्यअघि नै सम्पन्न भएको हो ।

धवलागिरि–१ का अध्यक्ष झक छन्त्यालले निर्माण व्यवसायीको इच्छाशक्ति, व्यवस्थापन र सरोकारवालाको प्रभावकारी सहजीकरण तथा समन्वय हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश गुर्जा खानेपानी आयोजनाले दिएको बताए । “सुगम र सदरमुकाममा ठूला भनिएका ठेकेदारले जिम्मा लिएका आयोजना अलपत्र परेको अवस्थामा हाम्रोजस्तो विकट ठाउँको काम निर्धारित समयअगावै सकिएको छ”, उनले भने, “सरोकारवालामा इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने रहेछ ।”

कुल रु ५० लाख लागत अनुमान गरिएको गुर्जा खानेपानी आयोजना निर्माणका लागि धवलागिरि गाउँपालिका र बेनीको बिएन्डडी निर्माण सेवाबीच विसं २०७९ चैत १४ गते ठेक्का सम्झौता भएको थियो । रु ४४ लाख ७८ हजार एक सय १२ मा भएको सम्झौताको म्याद यही असार १५ गतेसम्म थियो ।

निर्माण कम्पनीका प्रतिनिधि गोर्खा छन्त्यालले यही असार १० गते नै सम्झौताअनुसारको सबै काम सम्पन्न गरेको जानकारी दिए ।काम सुरु गरेको ४३ दिनमा सम्पन्न गरेको उनले बताए । साउनाखोलाको मुहानमा इन्टेक, त्यहाँबाट गुर्जा गाउँसम्म ६३ एमएमको तीन हजार चार सय ८० मिटर मुख्य पाइप लाइन बिछ्याइएको छ । लुलाङबाट खच्चर र भरियालाई बोकाएर पाइप, सिमेन्ट, रडलगायतका निर्माण सामग्री ढुवानी गरिएको थियो ।

पच्चीस हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की पनि निर्माण भएको छ । इन्टेक, मुख्य पाइप लाइन र ट्याङ्कीको परीक्षण सफल भएको छ । गुर्जाका करिब दुई सय ५० घरधुरीलाई निजी धारामार्फत खानेपानी वितरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाले क्रमागत आयोजना सञ्चालन गरेको हो । यो आयोजनाबाट गुर्जाको देउराली बस्तीबाहेकका सबै घरमा खानेपानी पुग्नेछ ।

शाखा लाइन र निजी धारा बनाएर आगामी वर्ष आयोजनालाई पूर्णता दिइने धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । गत वर्ष सञ्चालित गुर्जाको स्वास्थ्य चौकीको भवन निर्माण गर्ने योजना पनि लक्ष्यअघि नै सम्पन्न भएको छ ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?