Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

बैतडीमा छैन विपद् पूर्व तयारी


११ असार, बैतडी । मनसुनी वर्षाले बैतडीका विभिन्न स्थानमा बाढीपहिराको जोखिम हुने भएपनि यहाँका स्थानीय तहले अझै विपद् पूर्व तयारीको काम सुरु गरेका छैनन् । मनसुन सुरु भई पानी पर्न थाले पनि क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न ढिलाइ गरिरहेका हुन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको गत जेठ २१ गते बसेको बैठकले १५ दिनभित्र जिल्लाका स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी जिल्ला प्रशासन कार्यालयमा पठाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनका अनुसार हालसम्म तीन स्थानीय तहले मात्रै पूर्व तयारीसम्बन्धी योजना तर्जुमा गरी पठाएका छन् ।

“पालिकाको सेवा क्षेत्रभित्र विपद्को अवस्था, जनशक्ति परिचालन, जोखिम र प्रतिकार्यका लागि अवलम्बन गर्न सकिने उपाय र विपद्का बेला आवश्यकपर्ने राहत तथा उद्धारको लागि उपकरण, जनशक्तिलगायत सामग्रीको व्यवस्थापनको विषय समेटेर विपद् प्रतिकार्य योजना तयार गर्नुुपर्ने छ”, प्रजिअ पन्थीले भने । यहाँका तीन पालिकाले प्रतिकार्य योजना तर्जुमा गरी पठाए पनि ढाँचाअनुसार नभएकाले दोस्रो पटक तयार गर्न भनिएको उनले बताए ।

“जिल्लाका शिवनाथ, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकाले प्रतिकार्य योजना तर्जुमा गरी पठाएका छन् । पूर्ण विवरण सहितको योजना नआएकाले पुनःपठाउन आग्रह गरिएको छ”, पन्थीले भने । सबै स्थानीय तहले प्रतिकार्य योजना तर्जुमा गरी नपठाउँदा जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउन समस्या भइरहेको उनले जानकारी दिए ।

“सबै स्थानीय तहले योजना बनाएर पठाए जिल्लाले योजना बनाउन सहज हुने थियो”, प्रजिअ पन्थीले भने, “एक/दुई दिन पर्खन्छौँ, स्थानीय तहका योजना नआए जिल्लास्तरीय प्रतिकार्य योजना बनाउन तयारी थाल्ने छौँ ।”


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?