Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बैतडीमा छैन विपद् पूर्व तयारी


११ असार, बैतडी । मनसुनी वर्षाले बैतडीका विभिन्न स्थानमा बाढीपहिराको जोखिम हुने भएपनि यहाँका स्थानीय तहले अझै विपद् पूर्व तयारीको काम सुरु गरेका छैनन् । मनसुन सुरु भई पानी पर्न थाले पनि क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न ढिलाइ गरिरहेका हुन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको गत जेठ २१ गते बसेको बैठकले १५ दिनभित्र जिल्लाका स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी जिल्ला प्रशासन कार्यालयमा पठाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनका अनुसार हालसम्म तीन स्थानीय तहले मात्रै पूर्व तयारीसम्बन्धी योजना तर्जुमा गरी पठाएका छन् ।

“पालिकाको सेवा क्षेत्रभित्र विपद्को अवस्था, जनशक्ति परिचालन, जोखिम र प्रतिकार्यका लागि अवलम्बन गर्न सकिने उपाय र विपद्का बेला आवश्यकपर्ने राहत तथा उद्धारको लागि उपकरण, जनशक्तिलगायत सामग्रीको व्यवस्थापनको विषय समेटेर विपद् प्रतिकार्य योजना तयार गर्नुुपर्ने छ”, प्रजिअ पन्थीले भने । यहाँका तीन पालिकाले प्रतिकार्य योजना तर्जुमा गरी पठाए पनि ढाँचाअनुसार नभएकाले दोस्रो पटक तयार गर्न भनिएको उनले बताए ।

“जिल्लाका शिवनाथ, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकाले प्रतिकार्य योजना तर्जुमा गरी पठाएका छन् । पूर्ण विवरण सहितको योजना नआएकाले पुनःपठाउन आग्रह गरिएको छ”, पन्थीले भने । सबै स्थानीय तहले प्रतिकार्य योजना तर्जुमा गरी नपठाउँदा जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउन समस्या भइरहेको उनले जानकारी दिए ।

“सबै स्थानीय तहले योजना बनाएर पठाए जिल्लाले योजना बनाउन सहज हुने थियो”, प्रजिअ पन्थीले भने, “एक/दुई दिन पर्खन्छौँ, स्थानीय तहका योजना नआए जिल्लास्तरीय प्रतिकार्य योजना बनाउन तयारी थाल्ने छौँ ।”


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?